काठमाडौं - राष्ट्रसंघीय महासभाको ८१औँ महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह बुधबार साँझ अमेरिकाको न्युयोर्क पुगेका छन्।
उनलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा र न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतार एयरवेजको उडानमा काठमाडौंबाट प्रस्थान गरेका थिए। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।