काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेका छन्। सानो टोली लिएर उनी आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका हुन्।
प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी फोटोग्राफर र दुई सुरक्षाकर्मी मात्र छन्। यसअघि प्रधानमन्त्रीहरु महासभामा जाँदा जम्बो टोली लिएर जाने गर्दथे।
त्यस्तै, बिदाईको क्रममा विमानस्थलमा पनि उनले परम्परा तोडे। विगतमा सरकारका सबैजसो उच्चपदस्थ विमानस्थलमा उपस्थित भएर बिदाई गर्ने तथा सेनाले सलामी दिने चलन थियो। बालेन जाँदा ती कुनै पनि कार्यक्रम भएनन्।
परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली भने सोमबार नै अमेरिका पुगिसकेको छ।
प्रधानमन्त्री सुरुमा महासभामा नजाने मनस्थितीमा थिए। भोटेकोशी बाढीपनि जलवायु न्यायको मुद्दा उठाउन उनी आफैं गएका हुन्।