२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

प्रधामन्त्रीका सल्लाहकारको नाममा कांग्रेस नेताको ठगीधन्दा

शुक्रवार, आश्विन २ २०८३०९:२३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारसँग सेटिङ मिलाएर वैदेशिक रोजगारीमा इजरायल पठाइदिने भन्दै कांग्रेस नेताले ठगी गरेका छन् । यसमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 रामेछाप कांग्रेसका नेता भरत र्चाैलागाई र दोलखा कालिञ्चोककी बालिका शिवाकोटीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो। 
उनीहरुले केयरगिभर परीक्षामा फेल भएका एक सय ५६ जना व्यक्तिलाई इजरायल पठाइदिने भनेर दुई करोड ५० लाख असुलेका हुन्। विश्वासमा पार्न उनीहरुले प्रधानमन्त्रीको सल्लाहकारको नाम दुरुपयोग गरेको सिआइबीले जनाएको छ । पक्राउ परेका उपर ठगीसम्बन्धि कसुरमा अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। यसमा अन्य व्यक्तिहरु पनि छानबिनको दायरामा छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार