काठमाडौं- नेकपा(एमाले)ले केपी शर्मा ओलीलाई तत्काल पदबाट नहटाउने भएको छ। ओलीकै नेतृत्वमा अघि बढ्नेसम्बन्धि प्रतिवेदन पास गरेर अघि तत्काल नेतृत्व परिवर्तनको प्रस्तावलाई अस्वीकार गरिएको छ।
एमालेले पार्टी पुनगर्ठनसम्बन्धि उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अध्यक्षतामा छुट्टाछुट्टै प्रतिवेदन बनाएको थियो। बादलले ओलीको प्रशंसा गरेर प्रतिवेदन बनाएका थिए भने पोखरेलले पछिल्लो निर्वाचनमा हारको जिम्मा ओलीले लिनुपर्ने भन्दै तल्लो तहसम्म पुनगर्ठनको प्रस्ताव गरेका थिए। दुवै प्रतिवेदनमा सहमति नभएपछि प्रदीप ज्ञवालीको अध्यक्षतामा अर्काे प्रतिवेदन बनाई त्यसलाई पास गरेर आइतबारको सचिवालय बैठकमा पेश भएको छ।
सो प्रतिवेदनमा तत्काल ओलीले पद छाड्नपर्ने उल्लेख छ। अब सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले यसबारे थप निर्णय गर्नेछ।