२०८३, आश्विन १६ गते

२०८३, आश्विन १६ गते

निजामती बिधेयक संसदमा दर्ता, महिला कर्मचारीलाई महिनावारी बिदा, अवकाशपछि २ वर्षको कुलिङ पिरियड

बिहिवार, आश्विन १५ २०८३०२:३२

काठमाडौं- निजातमी सेवा बिधेयक संसदमा दर्ता भएको छ। भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार संसद सचिवालयमा बिधेयक दर्ता गरेको हो ।

गत मंगलबारको मन्त्रिपरिषद्को बैठकले बिधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो।

बिधेयकमा कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष राखिएको छ। तर, एकपटकक लागि ३० वर्ष सेवाअवधि तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाशको व्यवस्था गरिएको छ। उनीहरुले ५८ वर्ष सेवावअधि बराबरकै सेवा सुविधा पाउनेछन्।

त्यस्तै, अवकाशपछि २ वर्ष कुलिङ पिरियडको व्यवस्था पनि छ। कर्मचारीलाई नौ थरी बिदाको व्यवस्था राखिएको छ। जसमा महिला कर्मचारीलाई महिनावारी बिदा समेत थपिएको छ।

बिधेयक अब संसदको हिउँदे अधिवेशनबाट पास हुने सम्भावना छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार