काठमाडौं-पशुपतिनाथको मन्दिरभित्र प्रवेश गरी भिडियो बनाउने मुस्लिम दम्पत्ति पक्राउ परेका छन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इटहरीकी प्रिंयका परियार र उनका श्रीमान ओसीम अन्सारीलाई इटहरीबाट बुधबार प्रहरीले पक्राउ गरेको हो।
पशुपतिनाथको मुल मन्दिरमा गैरहिन्दुलाई प्रवेश निषेध छ। तर, अन्सारी दम्पत्तिले मन्दिर प्रवेश गरेको भिडियो नै बनाएर चुनौती दिएपछि छानबिनको माग भएको थियो। कोषको आकस्मिक बैठकले घटनाको विषयमा छानबिन समिति गठन गरी थप अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरेको थियो। सोही आधारमा उनीहरु पक्राउ परेका हुन्।
विवादपछि प्रिंयकाले आफु हिन्दु नै नभएको र श्रीमानलाई मन्दिर देखाउन लगेको स्पष्टिकरण दिएकी छिन्। उनले मन्दिरभित्र भने आफुहरुलाई जान नदिइएको उल्लेख गरेकी छिन्।