काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजन नजिकिँदै गर्दा विश्वका एकपछि अर्का चर्चित खेलाडीलाई टिमहरूले अनुबन्ध गरिरहेका छन्। स्टार क्रिकेटरको जमघटले एनपिएल विश्वस्तरीय लिग बन्ने विश्लेषण सुरु भएको छ।
टेष्ट खेल्ने देशका चर्चित क्रिकेटहरु एनपिएल खेल्न नेपाल आउने पक्का भएको छ। टी– २० मा विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरदेखि डेभिड मिलरसम्म एनपिएल खेल्न नेपाल आउँदै छन्। वार्नरलाई काठमाडौं गोर्खाज तथा मिलरलाई कर्णाली याक्सले अनुबन्ध गरेको हो। त्यस्तै, बंगलादेशका चर्चित क्रिकेटर सकिब अल हसन पोखरा एभेजन्जर्सबाट खेल्दै छन्। श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथुजलाई विराटनगरले टिममा राखेको छ। वेस्ट इन्डिजका अलराउन्डर एन्ड्री रसेललाई पनि विराटनगरले खरिद गरेको छ ।
त्यस्तै, इंल्यान्डका चर्चित क्रिकेटर मोइन अली जनकपुरबाट खेल्दै छन् । न्युजिल्यान्डका अलराउन्डर जिमी निसन पनि जनकपुरकै टिममा छन्।
जिम्बाबेको राष्ट्रिय टिमका वर्तमान कप्तान सिकन्दर राजा चितवनको टिममा छन्।
पाकिस्तानका टी– २० कप्तान साहिबजादा फरानलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ।
बंगलादेशका मेहदी हसन र मोहम्मद सैफुद्दिनलाई पोखराले अनुबन्धित गरेको छ।
कतिपय विदेशी खेलाडी नेपाल आइसकेका छन् भने अरू आउने क्रममा छन्।
विश्वका चर्चित खेलाडीहरूको अनुबन्धले एनपिएल विश्वकै चर्चित क्रिकेट लिगमध्ये एक बन्ने सम्भावना छ । एक टिमका मालिकका अनुसार विगतका वर्षमा पनि चर्चित खेलाडीलाई भित्र्याउने प्रयास नभएको होइन, तर, अन्य देशका लिग सँगै परेपछि समस्या भएको थियो। अन्य देशका लिगसँग नजुध्ने गरी यसपटक एनपिएलको मिति अघि सारिएको छ। जसकारण चर्चित खेलाडीहरू भित्राउन सहज भएको हो।
आइसिसीले एनपिएलका सबै खेललाई यसपटकदेखि लिस्ट ए को मान्यता मेत दिइसकेको छ।
१० कात्तिकदेखि सुरु हुन लागेको एनपिएलमा पहिलोपटक डिआरएस पनि लागू हुँदै छ। क्यानमा सचिव पारस खड्का यसपटक विगतको भन्दा लिग अझै रोमाञ्चक हुने बताउँछन्।