काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको पद धरापमा परेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई हटाउने तयारी गरेका छन्।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले दशैंअघि नै कार्कीको राजीनामा मागेका थिए। उनले राजीनामा नदिने अडान लिएपछि सरकारले विभिन्न आरोप लगाएर हटाउन लागेको हो ।
यस विषयमा प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेबिच बुधबार लामो छलफल भएको छ।
बालेनको टिमले कार्कीलाई हटाएर राजन अधिकारीलाई आइजिपी बनाउन चाहेको छ।