२०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

चोलेन्द्रलाई सरकारी सूचना दिएपछि एआइजी दाहाल पनि छानबिनमा

सोमवार, आश्विन १९ २०८३११:२३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सूचना दिएको खुलेपछि सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाल छानबिनमा तानिएका छन्। गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार उनले चोलेन्द्रका निकट बिचौलिया इनाम सापकोटालाई सुरक्षा निकायले प्राप्त गर्ने कतिपय गोप्य सूचना दिएका थिए। कतिसम्म भने प्रधानमन्त्री बालेन्द्र शाहको मुभमेन्ट समेत जानकारी दिइएको छ। चोलेन्द्रशमशेरका लागि भनेर ती सूचना दिइएको थियो। 
चोलेन्द्रलाई गत असोज ११ गते प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो। त्यसपछिका दिनमा सापकोटामार्फत एआइजी दाहालले गोप्य सूचनाहरु चोलेन्द्रलाई दिएका थिए। त्यसको प्रमाण इनामको मोबाइलमा भेटिएपछि सरकार एक्सनमा उत्रिएको हो। जाँचबुझपछि एआइजी दाहालमाथि समेत मुद्दा चल्न सक्ने अवस्था छ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार