काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उम्मेदवारको भिड लागेको छ। पदाधिकारी तथा केन्द्रीय सदस्यमा सयौंले उम्मेदवारी घोषणा गरेका छन्।
महाधिवेशनको आइतबार खुलामञ्चमा उद्घाटन गरिएको छ। चार दिनसम्म चल्ने महाधिवेशनमा २१ र २२ गते निर्वाचनको कार्यतालिका राखिएको छ।
महाधिवेशनमा साढे सात हजार प्रतिनिधि सहभागी हुँदै छन्।
आकांक्षी धेरै भएपछि उपसभापति र सहमहामन्त्रीको पद बढाउन लागिएको छ। २१ सदस्यीय पदाधिकारी बनाउने तयारी छ।
केन्द्रीय सदस्यमा यसपटक धेरै युवाहरुले उम्मेदवारी दिने तयारी गरेका छन्।
महाधिवेशनमा कांग्रेसको देउवा पक्ष भने सहभागी छैन ।