काठमाडौं–पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रहरी अनुसन्धान जारी रहेको खुलेको छ। गत असोज १० गते प्रहरीले उनलाई पक्राउ गरी १२ घन्टा थुनामा राखेर छाडेको थियो।
सोधपुछको क्रममा उनको मोबाइल समेत हेरिएको प्रहरी स्रोत बताउँछ। सोही आधारमा प्रहरीले उनका लिंकहरु फेला पारेको छ। जसमा अदालतका मुद्दा जिताइदिने भनेर केही व्यक्तिसँग भएका कुराकानीका विवरण फेला परेको छ।
सोही आधारमा प्रहरीले बिचौलिया इनाम सापकोटालाई पक्राउ गरेको छ। सापकोटा र अर्का एक व्यक्तिबिच ५० लाख लेनदेनको कुराकानी भएको फेला परेको छ। जसमा प्रहरीले विस्तृत अनुसन्धान थालेको हो। सापाकोटालाई अभद्र व्यवहारसम्बन्धि मुद्दामा अनुसन्धान अघि बढाइएको छ । केही व्यापारीलाई मुद्दा जिताइदिने भनेर डिल गरेका आरोप चोलेन्द्रमाथि छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ नै नगरिएको दाबी गरेको थियो । तर, हालसम्म अनुसन्धान जारी रहेको स्रोत बताउँछ।