२०८३, मंसिर १० गते

२०८३, मंसिर १० गते

आइजिपीमा मनोज केसीले नै पाए निरन्तरता

बुधवार, मंसिर १० २०८३०६:११

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा डा.मनोज कुमार केसीले नै निरन्तरता पाउने भएका छन्। उनको नियुक्तिविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरीम आदेश दिन अस्वीकार गरेको छ।

यससँगै अब मुद्दाको अन्तिम फैसला लम्बिने भएकाले आइजिपीमा केसीले नै निरन्तरता पाउने भएका हुन्। 
सर्वाेच्चका न्यायाधीशहरु नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलाशले केसीले कार्यभार सम्हालिसकेको, यो विषय शान्ति सुरक्षासँग सम्बन्धित भएकाले संवेदनशील भएको र निवेदकले उठाएका विषय अन्तिम सुनुवाईमै निरुपण हुनुपर्ने प्रकृतिको भएकाले अन्तरिम आदेश दिन अस्वीकार भएको हो ।

आदेशमा भनिएको छ,‘यसमा निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रत्यर्थीमध्येका डा। मनोजकुमार के।सी। नेपाल सरकारको मिति २०८३।०७।१८ को निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालीसकेको भन्ने मिसिलबाट देखिएको, निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरुको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरुपण र सम्बोधन हुने प्रकृतिको देखिंदा सुविधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।

माथि उल्लेख भए बमोजिम प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाईएका विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाई र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरुबाट लिखित परेपछि वा पर्ने अवधि व्यतित भएपछि ७ ९सात० दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू । (

सम्बन्धित समाचार