Facebook Twitter Instagram
    MahendranagarPost
    Facebook Twitter Instagram
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • विचार
    • आन्तरिक मामिला
      • नेपाली सेना
      • नेपाल प्रहरी
      • राष्ट्रिय अनुसन्धान विभाग
    • मनोरञ्जन
    • विश्व
    • खेलकुद
    MahendranagarPost
    Home » समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
    राजनीति

    समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

    Nisha ShresthaBy Nisha ShresthaMarch 25, 2023Updated:March 25, 2023No Comments2 Mins Read

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताउनुभयो ।

    “शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    र्नेमा हामी विश्वास गर्छौं”, उहाँले भन्नुभयो । नेपालमा महिला उद्यमशीलता विकासका लागि थप प्रयास गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । नेपाल राष्ट्र बैंकले महिला उद्यमीका लागि रू २० लाखसम्म बिना धितो ऋण दिने व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारिता न्यून रहेको अग्रवालले उल्लेख गर्नुभयो ।

    एसियाली विकास बैंकका देशीय निर्देशक आर्नौड काउसिसले महिला सशक्तिकरण र समानताका क्षेत्रमा नेपालले महत्वपूर्ण नतिजा हासिल गरेको बताउनुभयो । एसियाली विकास बैंकले आफू जोडिएका परियोजना तथा कार्यक्रममा लैङ्गिक समानतालाई प्रमुखताका साथ उठान गरेको उल्लेख गर्नुहुँदै उहाँले यो क्षेत्रमा थप सहकार्यका लागि तयार रहेकोसमेत बताउनुभयो ।

    “एडिबीको समन्वयका परियोजनामा महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । यद्यपि, नेपालमा केही संरचनागत, सांस्कृततिक अवरोधले महिला उद्यमीलार्ई केही समस्यामा पारेको देख्न सकिन्छ । महिला सशक्तिकरणका लागि एडिबी सबै सरोकारवाला क्षेत्रसँग सहकार्यका लागि तयार छ”, उहाँले भन्नुभयो ।

    परिसङ्घ महिला उद्यमी मञ्च सभापति छाया शर्माले कोभिड–१९ महामारीका कारण महिला उद्यमीमा परेको असरबारे छलफल र समाधान खोज्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ उहाँको भनाइ छ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तिकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने परिसङ्घले जनाएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिने परिसङ्घका सभापति शर्माले बताउनुभयो ।

    Facebook Comments Box

    Author

    • Nisha Shrestha
      Nisha Shrestha

      View all posts

    सम्बन्धित समाचार

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 2023

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 2023

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 2023

    Comments are closed.

    भर्खरै

    भारतले दिने भनिएको मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने

    June 9, 20233 Views

    गेटामा युनिभर्सिटी नै बन्नुपर्ने अनेरास्ववियूको माग

    June 9, 202345 Views

    फेरि प्रधानमन्त्री भेट्न पुगे विप्लव

    June 9, 20236 Views

    धनगढीमा यस्तो पनि, १२ विद्यार्थी पढाउन २ शिक्षक !

    June 9, 202316 Views
    Stay In Touch
    • Facebook
    • Twitter

    महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।

    Facebook Twitter
    लोकप्रिय

    धनगढीमा ग्याङ्ग फाइट: खुकुरीसहित पक्राउ परेका को हुन् ?

    June 4, 2023

    डडेल्धुरामा बाख्रा बचाउने क्रममा जीप दुर्घटना

    June 9, 2023

    हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी पाल यस्ता ‘सेक्सी’ कथा सुनाउथे

    June 9, 2023
    सम्पर्क

    अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित
    सूचना विभाग दर्ता नम्बर: १८९६-०७६-७७

    अध्यक्ष/प्रधान सम्पादक: रवि धामी
    सम्पादक: टेकसिंह धामी
    विज्ञापनका लागिः ९८६४७५१८८२
    प्रधान कार्यालयः भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर (कञ्चनपुर)
    Email: mahendranagarpost@gmail.com

    Facebook Twitter Instagram Pinterest
    • होमपेज
    • समाज
    • महेन्द्रनगर विशेष
    © 2023 mahendranagarpost.com Designed by GoSA Desktop.

    Type above and press Enter to search. Press Esc to cancel.