Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा लगायत बाँकी…

Read More

संखुवासभा: संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिप्रका संखुवासभाले जनाएको छ। पक्राउ परेका कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताएका छन्। कैदी कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको हो। कैदी हत्या प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन्। कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारीसहित १६ देखि १९ जनाविरुद्ध…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारप्रति रोष प्रकट गरेका छन् । शनिबार महानगरको गाठी राेकिएकोमा मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै भाेलिबाट महानगरपालिकाको गाडी रोकेको खण्डमा सिंहदरबारमै आगो लगाइदिन्छु भन्दै रोष प्रकट गरेका छन् । उनी लेख्छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’

Read More

काठमाडौं : नेपाल पर्यटक यातायात ब्यबसायी संघको २० बार्षिक साधारणसभा बेदराज बास्तोलाको अध्यक्षतामा सम्पूर्ण प्यानल चुनावमा होमिएको छ। यही भाद्र १९ गते हुन लागेको संघको निर्वाचनमा बेदराज बास्तोलाको प्यानल भित्र बरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम उठ्ने भएका छन। रमेश गौतम संगै दित्तीय उपाध्यक्षमा बिनोद तामाङ,महासचिबमा केदारनाथ कट्टेल ,सचिबमा तेज लामा ,कोषाध्यक्षमा रामकुमार बस्नेत ,सदस्यहरुमा टेक पुन मगर,नकुल तिमल्सिना,राम आचार्य र नबराज अर्याल सहित को टिम निर्वाचनमा होमिएको हो। उक्त संघ संग जोडिएका पुर्व टिमहरुलेनै बेदराजको प्यानललाई साथ् दिने निश्चित देखिएको छ।पुर्व अध्यक्ष रामसरण कार्की,पुर्व अध्यक्ष साङ्गे लामा,पुर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ,पुर्व प्रथम उपाध्यक्ष राजकुमार लामा…

Read More

महेन्द्रनगर: कञ्चनपुरको एक बिद्यालयका कार्यालय सहयोगीले सार्वजनिक सम्पत्ति चोरी गरेको पाईएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ रतनपुरस्थित त्रिभुवन माविका बिद्यालय सहयोगी देव सिंह ठगुन्नाले बिद्यालयको हेन्डपम्पमा जडान गरिएको मोटर चोरी गरेको स्वीकारेपछि विद्यालयले निलम्बन को तयारी गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपकराज ओझाले बताए। यही भदौ १२ गते जडान गरिएको मोटर कार्यालय सहयोगी ठगुन्नाले चोरी गरि बेचेको ओझाले बताए। “१२ गते मोटर नयाँ किनेर ल्यायौ, १३ गते चोरी भयो,” अध्यक्ष ओझाले भने, “उनीमाथि शंका थियो, प्रहरीमा उजुरी दिएपछि आफुले नै चोरेर बेचेको स्वीकार गरे।” उनले यस अघि पनि विद्यालयका ३ वटा मोटर समेत चोरी गरी बेचेको स्वीकार गरेका छन्। ती मोटरको…

Read More

काठमाडौं: पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।

Read More

दार्चुला : दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका–२ कोटथलाका राम सिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका हुन् । मार्मा गाउँपालिका–२ सेलबिसास्थित पसल संचालन गरेका धामीलाई शुक्रवार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेश फेला पारी पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र धारापानी पुग्ने पदमार्गमा पहिरो जाँदा पर्यटकले सास्ती खेप्नुपरेको छ । चार महिनाअघि निर्माण पूरा भएको पदमार्गको ठाउँ–ठाउँमा पहिरो गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजारको लागतमा छनोटमा परेका १५ जना बेरोजगार व्यक्तिलाई परिचालन गरी एक हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गमा माटो समस्याउने कार्यसँगै ढुङ्गा बिछ्याउने कार्य गरिएको थियो । पहिराले पदमार्गको ८० प्रतिशत क्षेत्र तहसनहस पारेको स्थानीय बासिन्दा साइमले धामीले बताईन् । “पदमार्ग हुँदै सहजरूपमा पर्यटक पुग्ने गरेका थिए”, उनले भनिन्, “हाल पदमार्गमा पहिरो जाँदा थोरैमात्रै पर्यटक आइपुग्ने गरेका छन् ।” पर्यटक नआउँदा व्यापार–व्यवसाय…

Read More

बैतडी : विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ । प्रहरी निरीक्षक केसीले भने, ‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।’

Read More

बैतडी : जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उनले भने, ‘समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन जिल्लाभरिका विद्यालय र समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।’ कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् ।

Read More