बाजुरा : बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्णिमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिइन्छ।
यो मेला तीन दिनदेखि पाँच दिनसम्म लाग्छ। यो वर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन्।
बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका रूपमा अनन्ते पर्वलाई लिने गरेको छन्। महाभारतमा कौरवसँगको लडाईँमा पाण्डवहरुले विजयी हासिल गरेको खुसीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरले विजयी उत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन्।
Facebook Comments Box