Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिए। उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे । नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतलाई उनले आज दज्र्यानी…

Read More

धनगढी: नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशले प्रशिक्षण कार्यक्रम तथा चौँथो पूर्ण बैठक सम्पन्न गरेको छ । संगठनका प्रदेश अध्यक्ष कृष्णबहादुर शाहीको अध्यक्षतामा बिहीबारदेखि धनगढीमा सुरु भएको प्रशिक्षण र बैठक शुक्रबार सम्पन्न गरिएको हो । कार्यक्रममा संगठनका प्रदेशस्थित सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि, प्रदेश पदाधिकारी एवंम् सदस्य, केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य समेतका निजामती कर्मचारी र राष्ट्र सेवक सहकारी बचत तथा ऋण सहकारीका अध्यक्ष एवंम् व्यवस्थापकलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा सहकारी सेवालाई कसरी थप सुदृढ तथा व्यवस्थित बनाउने, निजामती सेवालाई थप चुस्त दुरुस्त बनाउने एवंम् माक्सवादी विचारधाराका सम्बन्धमा विभिन्न वक्ताहरुले प्रशिक्षण दिएका थिए । संगठनका सुदूरपश्चिम अध्यक्ष कृष्णबहादुर…

Read More

धनगढी: पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल’ सार्वजनिक भएको छ। बिहीबार नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभामा सिंहको उक्त पर्यटकीय पुस्तक लोकापर्ण भएको हो। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्। डेढ दशकयता पत्रकारितामा आवद्ध सिंहले बझाङमा बसेर सुदूरपश्चिम र कर्णाली क्षेत्रका सवालहरुमा गहन ढंगले कलम चलाउँदै आएका छन्। यस क्षेत्रको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखिसकेका सिंहको पुस्तकले यस पर्वतिय पर्यटन प्रर्वद्धनमा टेवा पुग्नेछ। २२ पटक साइपाल क्षेत्रको यात्रा गरिसकेका सिंहले अहिलेसम्मको यात्राका दौरान संकलन भएका तस्विरहरुमा साइपालको जनजिवन, संस्कृती,…

Read More

काठमाडौँ : पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो । पारसलाई भेट्ने पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

Read More

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेको छ । प्राधिकरणले शुक्रबार एओसीआर संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार अब वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन् । प्राधिकरणबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्युनतम पाँच वर्षको अवधिसम्म शेयर लगानीकर्ताले आफ्नो शेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने भएका छन् । यस्तै, प्राधिकरणले वायुसेवा संचालन गर्न ईच्छुक नयाँ कम्पनीहरुसँग न्युनतम ३ वटा जहाज हुनुपर्ने, सबै वायुसेवा कम्पनीहरुले आगामी ५ वर्ष भित्रमा जहाजको संख्या न्युनतम ५ वटा पुर्याउनुपर्ने तथा प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुने, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा अमेरिका र नेपालबीचको द्विपक्षीय र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । भ्रमणका क्रममा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकाले गरेको सहयोगका बारेमा सरोकारवालहरूसँग छलफल गर्ने छन् । दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने छन् ।

Read More

काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’ त्यसपछिका वृत्तिविकासमा आफू सधैं काममा अब्बल रहेका कारण नै होला सधैँ अग्रस्थानमा पुगेको उनको भनाइ थियो । प्रधानन्यायाधीश श्रेष्ठले मञ्चको अभिनन्दनले आफूलाई गौरव महसुस भएको उल्लेख गर्दै भने, ‘यसले मलाई न्यायिक कार्यमा थप सक्रियता हुन र थप बल पुग्नेछ भन्ने लागेको छ ।’ सो अवसरमा उनले आफू डोटीमा जन्मिइ सुदूरपश्चिमबाट भारतको बाटो हुँदै काठमाडौँ आउनुपर्ने अवस्थामा दुःख सुख…

Read More

धनगढी : नेपाल सितोरियो कराते संघ कैलालीको अध्यक्षमा ललित खत्री चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न अधिवेशनबाट खत्रीको अध्यक्षतामा २१ कार्यसमिति सदस्य चयन गरिएको हो । संघको उपाध्यक्षमा बालकुमार महतो, आशाराम चौधरी, अशोक शाह, डब्बर साउँद, सचिव बर्श साउँद, सह–सचिव राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा राजेन्द्र चौधरी, लोकेश पार्की, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक तथा हरेन्द्र नाथ चयन भएका हुन् । सदस्यमै रकुसिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देबी चौधरी र पुष्कर गुरुङ चयन भएका छन् । साथै संघले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि पहल शाही, उमा महतो, अमितप्रताव सिंह त्रैलोक्यनाथ पाण्डे…

Read More

धागढी: नेकपा समाजवादीनिकट अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ। शुक्रबार दिउँसो समाजवादीनिकट अनेरास्ववियूका नेताहरूले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन्। परीक्षा नियन्त्रक देवसिंह नाथले सीधै १२–१५ जना समाजवादीका नेता –कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन तोडेको भन्दै छापामार शैलीमा तोडफोड गरेको बताए। सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराजसहित तोडफोड गरेको उनले बताए। समाजवादीनिकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए। अनेरास्ववियूले कार्यकक्ष तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ। अनेरास्ववियू कञ्चनपुरले भने उक्त…

Read More

काठमाडौं : आइतबार अपराह्नदेखि बेपत्ता नन्द बक्स गुल्म, डोल्पाका मेजर विमल पण्डित हराएका झण्डै एकसाता भइसक्दा कुनै अत्तोपत्तो छैन। सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला पर्न सकेका छैनन्। उनको अवस्था अज्ञात छ। सेनाले मेजर पण्डितको चारै तर्फबाट खोजीकार्य तीव्र पारेको छ। डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लाबाट सम्भावित ठाउँमा खोजी भएको छ । आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एक पसलेसँग पैसा लिएर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो। मेजर पण्डितले आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका थिए। त्रिपुरा सेनाको ब्यारेकबाट झन्डै एक घण्टाको दूरीमा पर्दछ। पण्डित आइतबार अपराह्न साढे ४ बजे…

Read More