Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाल विद्युत् प्राधिकरणले कैलालीका विभिन्न स्थानमा निर्माण गरेका तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्। प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत धनगढीमा दुई र लम्कीमा एक गरी तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ। नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ। हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट…

Read More

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडितको जन्म दर्तासम्बन्धी कागजातमा विवाद देखिएपछि पुनः सुनुवाइ हुन लागेको हो ।

Read More

धनगढी : धनगढीमा मंगलबारदेखि बेपत्ता भएका एक जना मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका-१२ डि गाउँ बस्ने ४० वर्षीय महादेव भट्ट मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तो बस्यालले जानकारी दिए । उनकाअनुसार भट्ट बुधबार दिउँसो स्थानीय पदम भट्टको खेतमा मृत भेटिएका हुन् । उनी मंगलबार बिहान घरबाट खाना खाएर निस्किएपछि सम्पर्कविहीन भएको बुझिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सर्लाही : नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका-८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । मङ्गलवार एक समारोहबीच मलंगवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए । सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरुपमा पार्कको उद्घाटनसमेत गरे । कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रुपमा रहेको बताए । राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास…

Read More

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले गौरा पर्वको अवसरमा नगर क्षेत्रमा आज विहीबार सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमेलिहरुको महत्वपुर्ण चाड गौरा पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज उपमहानगर मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने जनाएको छ । यस अघि ७ गते पनि गौरा मनाइएको थियो। सय वर्ष तिथी परिवर्तनका कारण भदौ ७ र २१ गते गौरा मनाइदै छ।

Read More

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको मृत शरीर आज फेला परेको छ । झापाको दमक नगरपालिका-१ का डा प्रज्वल कोइराला उदयपुरको बेलका नगरपालिका–८ स्थित एक होटेल अगाडि गाडी राखेर सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा मोबाइल, जुत्ता राखेर बेपत्ता भएका थिए । प्रहरीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको डाक्टर कोइरालाको मृत शरीर सप्तकोसी नदीको भङ्गालो छुटेर टापु बनेको क्षेत्रमा भेटिएको सुरक्षा वेश चतराका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । माछा मार्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको उनले बताए ।…

Read More

काठमाडौं : महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समितिले घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको हो । प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति थप अनुसन्धानका लागि फिल्डमै गएको थियो। मैनाली नेतृत्वको टोलीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अध्ययन गरी कारबाही प्रक्रिया अगााडी बढाउने तयारीमा रहेको प्रहरी महानिरीक्षक कुँवरले जानकारी दिए। नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले बिदामा जान लागेकी महिला हवल्दारलाई आफ्नै क्वाटरमा बोलाएर ‘तिमी…

Read More

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए । ‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।’ अध्यक्ष धनाडीले भने, ‘एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।’ रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०र३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले…

Read More

दोधारा चाँदनी: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए । “हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो ।” अध्यक्ष धनाडीले भने, “एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पुगाएको छ ।” रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०–३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले…

Read More