Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चाको सन्देश सभा भोलि (मंगलबार) हुने भएको छ । यसअघि भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो । जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले…

Read More

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।  सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।

Read More

धनगढी: हिजो (आइतबार) साढे ४ बजे दार्चुलाबाट डडेल्धुरातर्फ जानका लागि हिंडेका थिए खेमराज कपाडी। अन्दाजी २८ वर्षीय कपाडी दार्चुलाको शैल्यशिखर नगरपालिकाको कार्यालय र सोही पालिकाको वडा नम्बर २ को कार्यालय सचिवको (दोहोरो जिम्मेवारी) रुपमा कार्यरत थिए। सो वडाका अध्यक्ष नरेन्द्रबहादुर पालका अनुसार करिब १ महिनाअघि मात्र वडामा आएका सचिव कपाडी एकदमै मिजासिला स्वभावका थिए। कार्यालयकै कामको सिलसिला उनी शैल्यशिखरको रौतेडाबाट हिजो डडेल्धुरातर्फ आउन लागेका थिए। तर, उनी गन्तव्यमा (डडेल्धुरा) नपुग्दै अस्ताएका छन्। मोटरसाइकलमार्फत दार्चुला हुँदै बैतडी पुगेका कपाडी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडी निमित्त प्रमुख इन्सपेक्टर योगेश खत्रीका अनुसार वडा सचिव आज (सोमबार) बिहान बैतडीको दोगडाकेदार…

Read More

मध्यविन्दु: पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए । “पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ”, उनले भने, “पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा…

Read More

कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन छ। करिब २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो। सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन। धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए। सो सभागृह डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ। सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम…

Read More

धनगढी: धनगढीमा ब्राउन सुगरसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ तारानगरबाट शुक्लाफाँटा नगरपालिका-८ का ३० वर्षीय गौरव बम पक्राउ परेका हुन् । उनको साथमा ४ ग्राम १३० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहररीले बताएको छ । बमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-४ महितुवा टोल बस्ने ३६ वर्षीय ज्ञान बहादुर चौधरी पक्राउ परेका हुन् । ६ लाखको चेक बाउन्स गरी फरार रहेका बैंकिङ कसुर सम्बन्धी मुद्दाका प्रतिवादी चौधरीलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

वेदकोट: कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन् । “बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन”, उनले भने, “आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।” पुनर्वास –५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उनले पाँच बिघा जमिनमा धानखेती गरेका छन् । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात…

Read More

धनगढी: धनगढीको वडा प्रहरी कार्यालयमा नयाँ हाकिम आएका छन्। हिजोमात्रै आएका इन्सपेक्टर जनकराज ढुङ्गानाले वडा प्रहरी कार्यालयको प्रमुखको कार्यभार सम्हालेका हुन्। यसअघिका इन्सपेक्टर उपेन्द्र बमको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ। उनको सरुवापछि ढुङ्गाना आएका हुन्। उनी यसअघि ईलाका प्रहरी कार्यालय टीकापुरमा थिए।

Read More