Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा सुन चोरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ पक्राउ परेका हुन् । स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घरबाटै पक्राउ परेका दुबै जनाविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता भई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता…

Read More

सिन्धुपाल्चोक: मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनले बताए । “हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्याइरहेको…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर)हरुको पदस्थापन गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार बढुवा भएका इन्स्पेक्टरहरुलाई पदस्थापन गरेको हो । padasthapa-ispectorDownload

Read More

काठमाडौं: नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले मंगलबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन्। प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ। insp-transfor-2080-04-30Download

Read More

काठमाडौं: गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दशक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो। विभिन्न साहित्यिक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन्। उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्‍याएका थिए। डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन्। हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन्।

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको छ। प्रहरीले पुनर्वास नगरपालिका–३ आईबीआरडीको भित्री सडकमा अवस्थित एसपिएल स्कुलको अगाडी अन्दाजी २६ वर्षीया महिला मंगलवार बिहान मृत अवस्थामा फेला परेकी बताएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: प्रहरीले डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार साँझ अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।

Read More

अछाम: अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका-४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुरः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सोमवार लिङ्गेश्वर धाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिनका लागि प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताए। ‘धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ।’ लिङ्गेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नदीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिने बताए। लिङ्गेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि…

Read More