Author: महेन्द्रनगर पोष्ट

दोधारा चाँदनी – महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो । पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । “गत वर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।” गुरुङले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।” उनले बजेट…

Read More

डडेल्धुरा: आइतबार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले डस्यो। जिल्लाको परशुराम नगरपालिका-११ डौणी बस्ने उनलाई अस्पताल अस्पताल लगिदै थियो। सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। तर, १६ वर्षको कलिलो उमेरका उनले बाटोमै प्राण त्यागे। बाटोघाटोको असुविधाकै कारण धामीले ज्यान गुमाउनु परेको स्थानीय गणेश बोहराले बताए। धामी आलिताल गाउँपालिका ६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि…

Read More

सुदूरपश्चिम : नेपाली काँग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छन् । धनगढीमा आज आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा डा. राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको तर सो लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको यथार्थ प्रस्तुत गरिन् । उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।…

Read More

काठमाडौँ : सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका छोरीबुहारीलाई निःशुल्क पढाउने कार्यक्रम ल्याएको छ। आइतबार सूचना जारी गर्दै गाउँपालिकाका शैक्षिक संस्थामा उच्च शिक्षा पनि निः शुल्क दिने निर्णय गरिएको जानकारी दिएको हो। सरकारी–सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने छोरी/बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क पालिकाले व्यवस्था गरिदिने निर्णय छ। ‘छोरी/बुहारीहरूलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र शिक्षण शुल्क गाउँपालिकाबाट व्यहोर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ,’ सूचनामा उल्लेख छ। कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेस्टरमा भर्ना गर्न…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्। मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्। तर स्रोतले दिएको जानकारीअनुसार भने पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन्। यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए। राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन्।

Read More

धनगढी: सास्कृतिक र खेल पर्यटनको विकासका साथै राष्ट्रीय अन्तर्राष्टिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखी धनगढी-१० को जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म जुगेडा कप २०८० भलिबल प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ,द्रोस्रो पुरस्कार ५५ हजार , तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको शुल्क रु. ३ हजार रहेको र उक्त टिम दर्ता भदौ २५ गतेसम्म गरिने छ । प्रतियोगितामा विगत वर्ष जस्तै नेपाल प्रहरी , शसस्त्र प्रहरी, नेपाल आर्मी का खेलाडी हरु लगायत नेपालका स्थानिय क्लब तथा खेललाइ रोमान्चक…

Read More

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ का लागि नेताहरूको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो । आगामी भदौ १६ गतेदेखि माओवादीले सञ्चालन गर्ने तीन महिने अभियानका लागि पार्टीका केन्द्रीय सदस्यलाई जिल्ला र पालिकाको जिम्मेवारी दिइएको छ । प्रदेश समितिको बैठकले प्रदेशका ११ जिल्लाका ८५ पालिकाका सात सय ७९ वडासम्म नेतालाई खटाएको हो । त्यसैगरी प्रदेश कमिटीका सदस्यलाई वडाहरू जिम्मेवारी तोकिएको छ । अभियानमा सात प्रदेशका सात वटा वडामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष…

Read More

बाजुरा: बाजुराका विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरु निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षातका कारण बाटो भत्किएपछि आवागमनमा समस्या भएकाले बाढी पहिरोले अबरुद्ध सडक तथा बाटोहरु खुलाउन लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताएका छन । सिंहको नेतृत्वमा ४० जना सेनाको टोली मर्मत कार्यमा जुटेको छ । बडीमालिका नगरपालिका ८ मा रहेको मार्तडी त्रिबेणी सडकको नेपाली सेनाले मर्मत गरेको छ । यस्तै जिल्ली पहिरोमा आवतजावतका लागि नेपाली सेना लगायत जनश्रमदान अभियान सुरु गरिएको छ । तर पहिरो भने पन्छिन समय लाग्ने उनले बताए । सडक अवरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अबस्थामा राखिने उनले बताएका…

Read More