धनगढी: सास्कृतिक र खेल पर्यटनको विकासका साथै राष्ट्रीय अन्तर्राष्टिय खेलाडी उत्पादन गर्ने उद्देश्य राखी धनगढी-१० को जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ गतेदेखि ३० गतेसम्म जुगेडा कप २०८० भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ,द्रोस्रो पुरस्कार ५५ हजार , तेस्रो पुरस्कार ३० हजार र चौथो पुरस्कार १६ हजार रहेको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको शुल्क रु. ३ हजार रहेको र उक्त टिम दर्ता भदौ २५ गतेसम्म गरिने छ । प्रतियोगितामा विगत वर्ष जस्तै नेपाल प्रहरी , शसस्त्र प्रहरी, नेपाल आर्मी का खेलाडी हरु लगायत नेपालका स्थानिय क्लब तथा खेललाइ रोमान्चक बनाउन भारतका स्थानिय क्लबहरुलाई समेत आमन्त्रण गरिनेछ ।
खेलको अन्तिम दिन समापन समारोहमा रानाथारु झाकी सहित थुप्रै अन्य सास्कृतिक झाकीहरु प्रस्तुत गरिने छन र सो दिनको जनउपस्थितीका सामु खेलाडीहरुलाई अभिनन्दन र पुरस्कृत गरिनेछ भनेर संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रबि रानाले बताएका छन ।
गत वर्षको भलिबल प्रतियोगितामा प्रथम बिजेता खटिमा यु।के। भारतको टिम र उप(बिजेता जुगेडाको टिमले हासिल गरेका थिए ।