Author: महेन्द्रनगर पोष्ट

धनगढीः महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ। पुल जिर्ण भैसकेको कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावतमा बन्देज गरिएको हो । शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल भारत मैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्धार र दिल्ली चल्ने बसहरु समेत पुल वारी नै रोकिएका छन। आइतवार बिहान १० बजे देखि महाकाली नदीको जलस्तर बढन शुरु भएको हो। ४ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ। जल तथा मौसम…

Read More

सुरुङ्गा : बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा गाँजा खेती नष्ट गरेको हो । औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयवासीले गाँजा खेती गर्दै आएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक कटुवालको भनाइ छ । विशेषगरी आदिवासी समुदायले करेसाबारीमा गाँजा खेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री वितरण…

Read More

काठमाडौं : राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका एक क्वीन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आज आइतबार जिम्मा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्वीन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ ना हिरासतमा छन् ।

Read More

धनगढीः कैलालीको एक सामुदायिक विद्यालयमा तोडफोड गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरमा रहेको केदारेश्वर आधारभूत विद्यालयमा शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोड्नुका साथै डेस्क बेन्च समेत तोडफोड गरेको हो । विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईले तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोका तोडफोड गरेको बताए। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको प्रधानाध्यापक भट्टराईले बताए। प्रधानाध्यापक भट्टराईले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखेका छन् । उनले विद्यालयमा यस्ता घटनाहरु बारम्बार हुने गरेको बताए। उनले आफु प्रअ भएर आइसकेपछि मात्रै यो लगाएर चौथो पटक विद्यालयमा तोडफोड भएको बताए।

Read More

धनगढीः कैलाली र दार्चुलाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी ३२ हजार मुल्य बराबरको चिनी, चना, मिठाई, लेडिज सुट, कुर्ती लगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार दिउँसो बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ थक्तोलीबाट भन्सार छलीका अन्दाजी ६५ हजार आठ सय मुल्य बराबरको बिडी प्रहरीले आईतवार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं : गत असार २४ गते पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन्। वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतको आइतबारको आदेशअनुसार जेल चलान गरिएको हो। जिल्ला अदालत सुर्खेतले विष्टसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। यो प्रकरणमा मुछिएका अन्य दुईजनालाई भने अदालतले जनही दुई(दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए। असार २४ मा वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाही पक्राउ परेका थिए। उनीहरुले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको साढे ६ लाख रूपैयाँ लुटेर लगेको आरोपसहित उपभोक्ताका समितिका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका…

Read More

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो । बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए । ‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भनेका थिए । त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’ को नारा लगाएका…

Read More

काठमाडौँ : न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका हुन् । पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फर्छ्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए । कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिंगो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे । संवैधानिक…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ । ‘सवारी चालकमा दक्षता भएन । सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो,’ प्रतिवेदनमा भनिएको छ । असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित उनकी…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ। आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो। आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताए। “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उनले भने,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार प्रकाशित भएको थियो। उनले गोदावरी नगरपालिकाको…

Read More