Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई खिर खुवाएको छ । नेविसंघले साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो । नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराका अनुसार अस्पतालका दुई सय जना बिरामीलाई खिर खुवाइएको छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले हिजो यस्तो आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गएको साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए । पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट…

Read More

मकवानपुर: चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More

काठमाडौं: भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। गोली चलाउनुको कारण खुलेको छैन। उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ । यसअघि गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । त्यसबेला कार्यालय हटाउन सफल नभएपछि शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले भने– ‘आज सोमबारसम्म हेर्छौं, त्यसबेलासम्म पनि राप्रपाले कार्यालय हटाउने विषयमा चासो नदेखाए हामी आफैं हटाउने छौं ।’ …

Read More

दाङ: दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि  डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ।

Read More

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजेदेखि सुरु हुने बैठकका सम्भावित ५ वटा कार्यसूची छन्।  सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। 

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका १४ वटा विद्यालय समायोजन गर्ने तयारी गरेको छ। शनिबार बसेको नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत तहका चारवटा विद्यालय नजिकका विद्यालयमा पूर्ण रूपमा गाभ्ने निर्णय गरेको छ। त्यस्तै, आधारभूत तहका दुईवटा विद्यालयका १ देखि ५ सम्मका सबै कक्षा, आधारभूत तहकै ६ वटा विद्यालयका ६ देखि ८ सम्मका कक्षा र दुईवटा विद्यालयका ९ र १० कक्षा गाभ्ने निर्णय गरेको हो।  वडा नम्बर २ को शैलेश्वरी आविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति आविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया आविलाई…

Read More

धनगढी: कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेतका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको छ। हिजो (आइतबार) साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ताउडा प्रहरी तालिम केन्द्र…

Read More