धनगढीः नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई खिर खुवाएको छ ।
नेविसंघले साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो ।
नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराका अनुसार अस्पतालका दुई सय जना बिरामीलाई खिर खुवाइएको छ ।
Facebook Comments Box