Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्षनेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन। प्रधानमन्त्री दाहालको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्षनेताहरूबीच छलफल भएको हो। बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो। सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ।

Read More

धनगढी: धनगढीका आलोक थापाको देहावसान भएको छ। आज (शनिबार) थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए। हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन भनेर गएका थिए। भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए। अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

सर्लाही : सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ। बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ। सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिलिजुली खानका लागि अहिलेको गठ्बन्धन सरकार बनेको आरोप लगाएका छन्। नेपालगन्जमा पार्टीले आयोजना गरेको लुम्विनी प्रदेशस्तरिय दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिर गरे। ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तब्य विनाको यात्रीको संज्ञा दिए। ‘अहिलेको सरकारको न कुनै गन्तब्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडिचुडी खानको लागि बनेको हो। यो सरकारबाट कुनै आशा गर्नुको कुनै अर्थ छैन।’ सरकारकै संलग्नतामा र संरक्षणमा सुन तस्करी भइरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए।…

Read More

काठमाडौं: आफूहरुलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर प्रदर्शन गरेका छन्। उनीहरूले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने नाराका साथ मेयर-उपमेयरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले सडक व्यवसायीलाई पुनस्र्थापना गर्नुपर्ने, गरिबलाई काम गर्न दिनुपर्ने, गरिब होइन गरिबी हटाऊलगायतका नारा लेखेलेको प्लेकार्डसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी एक फुटपाथ व्यवसायीले आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग समेत गरेका छन्। उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’ भन्दै आफूहरूको सुरक्षाको माग गरेका हुन्।

Read More

ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ-घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे-गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ । एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो ।…

Read More

धनगढी: धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ । से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआईसिंह राजमार्गको राइको मोडमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुसार अत्तरियाबाट शव बोकेर गइरहेको सो एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना थिए । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

Read More

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे । सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए । सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई…

Read More

–सन्तोष पुर्कुटी, ताप्लेजुङ: जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा चाहना कसको हुन्न र रु शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित लोदेन क्षेत्र तपाइका लागि आकर्षक गन्तव्य हुन सक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ । पापुङको प्रवेशद्वारका रुपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दैै पैदल यात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदल यात्रा गर्नुपर्छ ।…

Read More

भरतपुर: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । “नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भने । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो । नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भने– “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको…

Read More