धनगढी: धनगढीका आलोक थापाको देहावसान भएको छ। आज (शनिबार) थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय थापा करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए। हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन भनेर गएका थिए।
भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए।त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए।
अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box