Author: महेन्द्रनगर पोष्ट

डोटी – डोटीमा ट्याक्टको ठक्करबाट एक बालकको मृत्यु भएको छ। शुक्रबार जिल्लाको सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा आदर्श गाउँपालिका २ साउँद काँडाका ८ वर्षीय दुरज साउँदको मृत्यु भएको हो। ट्र्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका १६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Read More

कैलाली- धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो। परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मीबीच हुनेछ। सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताए।‘प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने छ,’ पत्रकार सम्मेलनमा सदस्य सचिव सिंहले भने, ‘प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त…

Read More

झापा-नेकपा (एमाले) की स्थायी समिति सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताएका छन्। रिडर्स झापाले आज झापाको काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तक्र्रियामा उनले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेतापनि प्रवृत्ति बदल्न नसकेको बताए। राजनीतिक दलको नेतृत्वमा समेत पित्तृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उनले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताए। ‘धर्तीमाथिको दावी’ उनको पछिल्लो प्रकाशित कृति हो। कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गरेका थियो।पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको सङ्घर्षदेखि…

Read More

काठमाडौँ- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ। स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो। ऊर्जा एवं देशको भौतिक विकासका जानकारले यस आयोजनालाई नेपाली मोडलको एक ‘विश्वविद्यालय’का रूपमा समेत अथ्र्याएका छन्। अनेकन दुःख, प्राकृतिक विपत्ति, ठेकेदारको गलत कार्यशैली तथा कोरोना त्रासका कारण समस्याको चक्रव्यूहमा फसेको आयोजनालाई सही अवस्थामा ल्याउन त्यसका सम्वद्ध कर्मचारीको भूमिका उत्तिकै रहेको छ। त्यसमा पनि समस्यामा फसेको आयोजनालाई सही ‘ट्रयाक’ मा ल्याउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मेहेनत पनि उत्तिकै परेको छ। तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले नियमितरूपमा आयोजनाको अनुगमन गर्न, समस्या समाधान गर्न दिएको निर्देशन पनि अर्को…

Read More

कसरी शक्ति आर्जन गर्ने र राज्यसत्तामा हालिमुहाली जमाउने यिनका लागि यो प्रमुख सरोकार र चिन्ताको विषय हो।यसै स्वार्थसँग जोडिएर यी विकास निर्माणको कुरामा पनि निकै चासो राख्छन्।यीमध्ये राज्यसत्ताको पहुँबाट अलिक टाढा पुगेकाहरु– मुलुकको सार्वभौमिकतामा चोट पुर्याउने गरी कुनै विदेशी शक्तिले हस्तक्षेप गर्छ कि भन्ने बारेको चिन्तालाई निकै बढी जाहेर गर्छन् । तर यी कोही पनिः–सत्तामा रहेका वा नरहेका राजनीतिक नाइकेहरु, पुख्र्यौली अभिजातहरु, हिजोका सामन्त तर आज दलाल खाले पूँजीपतीमा विकास भएकाहरु, हाकिम पदमा रहेका भ्रष्ट कर्मचारीहरु, ठूला ठेकेदारहरु, ठूला व्यापारीहरु, अनेकौ जालझेल गरेर राज्य र जनताबाट सम्पत्ति धुत्ने फटाहाहरु, वैधानिक वा अवैधानिक तरिकाबाट राज्यकोष लुट्ने अन्य विभिन्न भ्रष्टाचारीहरु, सूदखोरहरु आदि।यस्ताहरुले…

Read More

सप्तरी-सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १६८३ नंको पिकअपले ठक्कर दिँदा अग्निसाइर कृष्णसवरन गाउँपलिका–६ का ५५ वर्षीय दुःखीलाल लेखीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। अनियन्त्रित पिकअपको ठक्करबाट घाइते भएका पैदलयात्री लेखीलाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलियाबाट राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। ठक्करले दिने पिकअप गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।४ हजार ५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४०९ संक्रमित निको भएका छन् । हालसम्म ९८.४ प्रतिशत संक्रमित निको भइसकेका छन् । शनिबार कोरोनाबाट संक्रमितको मृत्यु भएको छैन। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।हाल देशभर ३ हजार ५९५ सक्रिय संक्रमित रहेका छन्।

Read More

कैलाली-धनगढीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने हुने भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको आयोजनामा आगामी शुक्रवार चैत ७ गते धनगढीमा एजुकेशन फेयर हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। धनगढीको रुवस होटेलमा हुने शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूले भाग लिन सक्ने र उनीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक दीपेन्द्र चौधरीले जानकारी दिए। उनले अभिभावकहरू पनि आउन सक्ने बताए। शैक्षिक सम्मेलनमा विदेशका विभिन्न विश्वविद्यालयहरूका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

Read More

काठमाडौँ-सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ। सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ। हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं।’

Read More

वासिङ्टन – चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ, अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् । यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो । अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ, प्रवक्ताले भने। अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

Read More