Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक(पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो । नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन। मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता पठाउने निर्णय गर्न बसेको माओवादी पदाधिकारी बैठकले महरासँग सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका…

Read More

धनगढी : एमालेबाट निर्वाचित कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा स्नातक तह दोश्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् । आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षासमेत रद्द गरिएको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो । जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको…

Read More

बर्दिया : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

Read More

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए । ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, ’उनले भने, ’पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको…

Read More

धनगढीः कैलालीमा एक महिलाको शव फेला परेको छ। यही साउन २२ गतेदेखि हराइरहेकी लम्किचुहा नगरपालिका–१० की करिब ६० वर्षीया भोकारी चौधरीको आज शव फेला परेको हो। जानकी गाउपालिका–२ कटघर नजिकै पथरिया नदीमा चौधरीको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकपुर अस्पतालमा राखिएको छ।

Read More

धनगढीः पाँच दिनको प्रयासपछि भीमदत्त राजमार्ग एकतर्फ रुपमा खुलेको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच दिनको प्रयासपछि एकतर्फी सञ्चालन भएको हो। दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले बताएका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडकखण्ड पाँच दिनदेखि अवरुद्ध थियो। सडक एकतर्फी सञ्चालन भए पनि दोहोरो यातायात भने खुलाउन कठिन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफ्नो पक्राउ न्यायिक हो वा होइन प्रष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई बिहीबार पक्राउ परेको थियो । तर जिल्ला अदालत, काठमाडौँले थुनामा राख्न अनुमति नदिएपछि शर्मा शुक्रबार रिहा भएका थिए । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले उत्तर कोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए । पक्राउ गरेको तीन घण्टापछि मात्र पक्राउ पुर्जी दिएको र हिरासतमा पनि हातपात गरेको भन्दै उनले भने, ‘मेरो पक्राउ न्यायिक हो वा होइन भन्ने दलको निर्णयमा राखियोस् ।’

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयोगले धनुषाको सबैला नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी पुरु देव यादवलाई १ लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सहिद नगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएको हो । इन्जिनियर यादवले शहिदनगर नगरपालिका वडा नम्बर ९ स्थित एक विद्यालयको बाउन्ड्री निर्माण गरिरहेको आदित्य एण्ड सरोज इन्जीनीयरीङ् कन्ट्रक्सनका अख्तीयारवालले उक्त वाउन्ड्री निर्माण कार्य सम्पन्न गरी…

Read More

दार्चुला: भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचनामार्फत आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधको ढोका खुल्ने जनाएको हो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न भनेको छ । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै बाँधका ढोका खोल्ने जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा नेपाल शिक्षक महासंघ गोदावरी नगरले धर्ना दिएको छ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दिइएको धर्नामा गोदावरी क्षेत्रका निजी तथा सरकारी विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागिता रहेको थियो । धर्नापछि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको धर्नामा रहेका शिक्षकहरुले बताएका छन् । उनीहरुले महासंघसँग केन्द्र सरकारले गरेको सहमती कार्यन्वयनको माग राखेका छन् ।

Read More