Author: महेन्द्रनगर पोष्ट

टीकापुर: विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने चलन थियो । यसरी काम गर्दा छिटो काम सकिनुका साथै काम गर्दा सहज र रमाइलो हुन्थ्यो । असारमा खेतमा धान रोपाइँ गर्दा असारे गीत गाउने चलन आजभोलि हराउँदै गएको छ । ‘रोपरोप रोपन्यारी, हातको बीउ छँदैकाइ नजायइ केही न खाएइ, यो मेरो जीउ छँदै’‘सली बेल घर बाइगइ, रोपन्यारी पागाकीमै पड्याकी सबै पड्यौ, दोहोरै सागाकी’ यस्ता गीतलाई देउडा भाकामा धान रोप्दै खेतमा महिलाले गाउने चलन थियो । आजभोलि…

Read More

पर्वत: जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जिप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा…

Read More

काठमाडौँ: देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजेसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो । ‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन स् सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन…

Read More

एजेन्सी: अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी गर्मीको बढी चपेटामा परेका खबरमा उल्लेख छ । क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यो ठाउँ विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक हो । यस्तै, एरिजोना, टेक्सास, फ्लोरिडालगायत क्षेत्रमा पनि गर्मी बढेको छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले टेक्सास राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ । यस्तै, युरोपमा पनि गर्मी बढेको छ…

Read More

काठमाडौँ: सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । आज सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Read More

काठमाडौँ: केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न आग्रह गरेका छन् । आइतबार बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उडिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको कुरा उल्लेख गर्दै आफ्नो च्यानलमा आफ्नो जीवनका थुप्रै कुराहरु रहेको उल्लेख गरेका छन् । ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा…

Read More

काभ्रे: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले शनिबार शुभारम्भ गरे। उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने प्याराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताए । “देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको प्याराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमासमेत वृद्धि हुनेछ”, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

Read More

पर्वत: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार…

Read More

कैलाली: अनेरास्ववियु कैलालीका पूर्व अध्यक्ष भरत खडकाको निधन भएको छ। जिल्लाको लम्कीचुहाका निवासी उनेको हृदयघातका कारण निधन भएको बताइएको छ। भलिबल खेलाडीसमेत रहेका उनको निधनपछि अनेरास्ववियु शोकमा डुबेको छ।

Read More

कञ्चनपुर: पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने, “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।” बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि…

Read More