Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: नेपाल प्रहरी प्रधान कार्यालयले एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सरुवाको निर्णयसहित नामावली प्रकाशन गरेको हो।  जसमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टको पनि नाम छ। उनको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएको हो। उनको स्थानमा दीपककुमार कार्की डडेल्धुरा आउने भएका छन्। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट कार्कीको डडेल्धुरा सरुवा भएको हो। 

Read More

काठमाडौं: १६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो ३ः१५ देखि श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा सुरु हुनेछ। पाकिस्तान र भारतबीचको खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रनेछन्।  समूह ‘ए’ मा रहेको पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो। भारत भने पहिलो खेल खेल्दैछ। भारत पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गर्न चाहन्छ।

Read More

काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।  सूची:

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाँउपालिका-८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ। शुक्रबार साँझ सुपप्र ००४-००१०-७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि परशुराम नगरपालिका-५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

Read More

काठमाडौँ: नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो। हेर्नुस् सूची :

Read More

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा शुक्रवार नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले परिक्षा नियन्त्रक र सह परिक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको छ। परीक्षा नियन्त्रक देवसिह नाथले १२÷१५ जना समाजवादीका नेता कार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए। “सह परिक्षा नियन्त्रक र म परिक्षाको आगामी रणनिति बारे कुराकानी गर्दै थियौ।” परिक्षा नियन्त्रक नाथले भने–“एक्कासी कार्यकक्षमै आएर विद्यार्थीहरुको मुख्य डाटा राख्ने सर्भर सहितको कम्प्युटरमा समेत क्षति गरेका छन।” सहायक परीक्षा नियन्त्रक विर वहादुर सिँह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ। विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो। समाजवादी…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Read More

धनगढीः कैलालीमा जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–५ गुलरियाघाटबाट अबैध रुपमा भन्सार छलि ल्याएका अन्दाजी २७ हजार १८० मुल्य बराबरको कांचो नरिवल, चक्लेट, पानीपुरी लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै कैलारी गाउँपालिका–९ गदरिया स्थित भित्री सडकखण्डबाट पनि भन्सार छलिका अन्दाजी २२ हजार मुल्य बराबरको सुर्ती शुक्रवार दिउँसो प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको भन्सार छलिका सामान भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालका ५१ वर्षीय लक्षी तिरुवालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। तिरुवालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई अदालतले २०७९ बैशाख १३ गते लागु औषधको मुद्दामा तीन दिन कैद सजाय तोकेको थियो। उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिए। उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे । नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतलाई उनले आज दज्र्यानी…

Read More