Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफ्नो पक्राउ न्यायिक हो वा होइन प्रष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई बिहीबार पक्राउ परेको थियो । तर जिल्ला अदालत, काठमाडौँले थुनामा राख्न अनुमति नदिएपछि शर्मा शुक्रबार रिहा भएका थिए । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले उत्तर कोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए । पक्राउ गरेको तीन घण्टापछि मात्र पक्राउ पुर्जी दिएको र हिरासतमा पनि हातपात गरेको भन्दै उनले भने, ‘मेरो पक्राउ न्यायिक हो वा होइन भन्ने दलको निर्णयमा राखियोस् ।’

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । आयोगले धनुषाको सबैला नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी पुरु देव यादवलाई १ लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सहिद नगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएको हो । इन्जिनियर यादवले शहिदनगर नगरपालिका वडा नम्बर ९ स्थित एक विद्यालयको बाउन्ड्री निर्माण गरिरहेको आदित्य एण्ड सरोज इन्जीनीयरीङ् कन्ट्रक्सनका अख्तीयारवालले उक्त वाउन्ड्री निर्माण कार्य सम्पन्न गरी…

Read More

दार्चुला: भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज एक सूचनामार्फत आउँदो बिहीवार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधको ढोका खुल्ने जनाएको हो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न भनेको छ । भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै बाँधका ढोका खोल्ने जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा नेपाल शिक्षक महासंघ गोदावरी नगरले धर्ना दिएको छ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दिइएको धर्नामा गोदावरी क्षेत्रका निजी तथा सरकारी विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीको सहभागिता रहेको थियो । धर्नापछि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको धर्नामा रहेका शिक्षकहरुले बताएका छन् । उनीहरुले महासंघसँग केन्द्र सरकारले गरेको सहमती कार्यन्वयनको माग राखेका छन् ।

Read More

काठमाडौँ: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ गरेका सात जना चिकित्सकमध्ये एक जना सक्कली रहेको खुलेको छ । नाम थर जुध्न गएकाले प्रहरीले सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बाबुको नामबाहेक उनको नाम, थर र ठेगाना सबै मिल्न जाँदा पक्राउ पर्नुपर्ने चिकित्सक नभएर अर्कै चिकित्सक पक्राउ परेको बताए । सिआइबीले पक्राउ गरेका काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा.श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन् । सिआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद समेत रहेका डा सुनील शर्मा, डा…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक आयोग आवश्यक भएको बताए । माथिल्लो तहको संलग्नताविना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी भइरहेको उनले दाबी गरे । अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक आयोग बन्नुपर्ने जिकिर गरे । सरकारले विरोधलाई मत्थर पार्न सांसद सुनील शर्मालाई नक्कली प्रमाणपत्रको पुरानो मुद्दामा गिरफ्तार गरेको समेत उनले दाबी गरे ।…

Read More

ताप्लेजुङ: गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए । उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए । खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो ।…

Read More

काठमाडौँ: अब फुटबलमा जस्तै क्रिकेटमा पनि ‘रेड कार्ड’को प्रयोग हुने भएको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा ‘रेड कार्ड’ को प्रयोग गरिने समाचारमा जनाइएको छ । यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेमा ‘स्लो ओभर रेट’ अन्तर्गत यो नियम लागू हुने भएको छ । आउँदो बिहीवारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुन लागेको हो । सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ को नियम…

Read More

दाङ: दाङमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विक पत्रे खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घरमा शौचालय नहुँदा शौच गर्न सधैँ खोलामा जाने गरेका उनलाई सोही क्रममा घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

जाजरकोट: भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका छन् । शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका-१३ गारातारामा रहेको सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेर उनी बेपत्ता भएका हुन् । नदीको बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

Read More