काठमाडौँ: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ गरेका सात जना चिकित्सकमध्ये एक जना सक्कली रहेको खुलेको छ । नाम थर जुध्न गएकाले प्रहरीले सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बाबुको नामबाहेक उनको नाम, थर र ठेगाना सबै मिल्न जाँदा पक्राउ पर्नुपर्ने चिकित्सक नभएर अर्कै चिकित्सक पक्राउ परेको बताए । सिआइबीले पक्राउ गरेका काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा.श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन् ।
सिआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद समेत रहेका डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जनालाई प्रकाउ गरेको हो । डा. शुनिल शर्मा चीनबाट एमबिबिएस गरेर आएका विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका संचालकसमेत हुन् । डा अमृत चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका चिकित्सक हुन् ।
उनीहरुलाई चिकित्सा शिक्षा तर्फको भन्दा पनि आइएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली प्रयोग गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।