Author: महेन्द्रनगर पोष्ट

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने भएका छन् । आज बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो । यो सँगै भोलि कांग्रेसकाले संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले बताए ।बझाङमा सडक दुर्घटनामा परि पृथ्वीबहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली थियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपनि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी छ ।

Read More

धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका जन्मदातासमेत रहेका रेशमलाल चौधरीले आफ्नो पार्टी सरकारमा जाने बताएका छन्।रेशमलालले सुदूरपश्चिम सरकार विस्तारका क्रममा आफ्ना प्रदेश सभा सदस्यले बिहीबार मन्त्रीको सपथ लिने सहमति भएको बताए। उनका अनुसार आज बालुवाटारमा शीर्ष नेताहरूबीच भएको छलफलपछि सहमति जुटेसँगै प्रदेश सरकार विस्तारको मिति तय भएको छ। जसअनुसार रेशमलालको पार्टी नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्यमन्त्री र २ समितिको सभापति पाउने सहमति भएको छ। नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेक‍ी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सो सहमति भएको जानकारी दिइन्। यस्तै खाली रहेको एक मन्त्रालय कांग्रेसले पाउने भएको छ। बालुवाटारमा…

Read More

काठमाडौँ: संवैधानिक परिषद्को बैठक आज बस्दै छ। आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था भएपनि सरकारले त्यसको वेवास्ता गरेको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। कार्कीको पदावधी सकिनु नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारीमा सरकार छ। वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई आज बस्ने बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ।

Read More

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले जेसिबी खरीद गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट ५१ लाख ५० हजारमा जेसिबी खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसिबी खरीद गरेको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

Read More

लन्डन: युनिभर्सिटी अफ लिड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता लगाएको छ। यस यात्राको…

Read More

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ । तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बरयताकै तीव्र वृद्धि हो । जुलाई दोस्रो हप्तामा ७ हजार १ सयभन्दा धेरै कोभिडका बिरामी अस्पतालमा भर्ना भएको तथ्याङ्क छ । सीडीसीका प्रवक्ता क्याथलीन कोन्लीले गएको हप्ता पनि अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको र सङ्क्रमण बढेपछि यसले फेरि चिन्ता थपिएको बताउनुभएको छ । तर सङ्क्रमणबाट हुने मृत्युदर भने न्यून रहेको सीडीसीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्व…

Read More

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि धर्ना दिएको छ। महासंघले आइतवार विहान राजधानीको ताहाचलस्थित सार्वजनिक अनुगमनको कार्यालयमा एक घण्टा धर्ना दिएको थियो। धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, लगायतका नारा लगाएका थिए। धर्ना कार्यक्रमको शुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको स्पष्ट पारेका थिए।

Read More

नयाँ दिल्ली: भारत महाराष्ट्रको ठाणे जिल्लामा एउटा पुलको स्ल्याबमा क्रेन खस्दा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मुम्बईबाट करिब ८० किलोमिटर टाढा शाहपुर तहसीलको सरलाम्बे गाउँ नजिकै मंगलबार बिहान दुर्घटना भएको द इन्डियन एक्स्प्रेसले जनाएको छ। उक्त क्रेन पुल र राजमार्ग निर्माण परियोजनामा प्रिकास्ट बक्स गर्डर जडान गर्न प्रयोग गरिएको थियो। घटना लगत्तै प्रहरी, दमकल र एनडीआरएफको टोलीले उद्धार घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। ‘भग्नावशेषमा अझै धेरै मानिस फसेको सम्भावना छ। उद्धार कार्य भइरहेको छ,” सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले दुर्घटनास्थलको निरीक्षण गरेपछि भने। ७०१ किलोमिटर लामो यो राजमार्गले मुम्बई…

Read More

कैलाली: कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले १ वर्षमा २ हजार ३६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विक्रम संवत् २०७९ साउनदेखि २०८० असारसम्ममा २ हजार ४६० पिन्ट रगत संकलन भए पनि २ हजार ३६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ ।  यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष १ हजार ६९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको…

Read More

बैतडी: भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो । पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि आर्थिक वर्ष २०७९–८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७–७८ मा ६०, आव २०७८–७९ मा ७८ र गत आव २०७९–८० मा एकसय पाँचजना हराएका छन् ।…

Read More