Author: महेन्द्रनगर पोष्ट

पाँचथर: पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए । दुर्घटनामा इलामको दानाबारीका २६ वर्षीय अर्जुन विक, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ का २३ वर्षीय बुद्धहाङ लिम्बू, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका २६ वर्षीया इसेटिमा शेर्पा, पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरका २५ वर्षीय रोषन श्रेष्ठ, सोही स्थानका २३ वर्षीय भुपेन्द्र श्रेष्ठर र ताप्लेजुङको सिरिजङ्घा…

Read More

काठमाडौँ: भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्न लागिएको हो । हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ । इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिइने निर्णय…

Read More

धनगढी: निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ । निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारे सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ । सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भएको छैन । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको…

Read More

बागलुङ: बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिनुभएको थियो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो । ‘इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ,‘ प्रहरी उपरीक्षक खड्काले भने, “घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।” इलाका…

Read More

डडेल्धुरा: स्वदेशमै केही गरौँ भनेर जोस–जाँगर देखाउने किसानहरूका लागि छुट्याइएको बजेट बिचौलियाले कसरी कुम्ल्याउँछन् भन्ने उदाहरणका लागि डडेल्धुरामा खुलेको फलफूल प्रशोधन उद्योगको अलपत्र संरचना हेरे पुग्छ । एक चरणको अनुदान लिएर सञ्चालनमा आएको ४ दिनमै बन्द सो उद्योगका सञ्चालकलाई कारबाही गर्नुको सट्टा सोही कम्पनीलाई नै प्रदेश सरकारले पटक–पटक थप अनुदान छुट्याइरहेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका– २, सालीगेटका बलदेव भट्ट कञ्चनपुरमा केराको व्यापार गर्थे । किसानबाट काँचो केरा किनेर ठूला व्यापारीलाई बेच्नेदेखि पाकेको केरा बेच्ने उनको दैनिकी थियो । त्यही क्रममा उनको भेट केराका ठूला व्यापारी ललितमोहन भट्टसँग भयो । पुर्ख्यौली घर दार्चुलाको धमलेक भएका ललित बलदेवका पुरोहित गुरु पनि…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले सबै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन परिपत्र गरेको छ । उपमहानगरपालिका भित्रका १९ ओटै वडालाई सार्वजनिक परिपत्र गरिएको हो । उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्यक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भन्दै परिपत्र जारी गरेको हो । वडा कार्यालयभित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखनलगायतमा सहयोग गर्दै आएका थिए ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–२ राजिपुरबाट सोही ठाउँका ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरीलाई पक्राउ परेका हुन् । उनीहरुलाई ९० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनुषा: नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् । “कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो”, उनले भनिन्, “यस प्रकरणमा सयौँ टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको…

Read More

राम धामी, डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालय डडेल्धुराले गत आर्थिक बर्षमा चार करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ । डडेल्धुराबाट गत आर्थिक वर्षमा प्रदेश सरकार मातहतका कार्यालयहरुबाट छ करोड बढी राजस्व सङ्कलन भएकोमा ७० प्रतिशतभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय डडेल्धुराबाट सङ्कलन भएको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख त्रिमलबहादुर साँउदले जानकारी दिए । उनले यातायात व्यवस्था कार्यालय डडेल्धुरासँगै डडेल्धुरास्थित घरेलु तथा साना उद्योग कार्यालय र डिभिजन वन कार्यालय डडेल्धुरामार्फत राजस्व सङ्कलन भएको बताए । सुदूरपश्चिम प्रदेश सरकार मातहतका जिल्लास्थित अन्य सरकारी कार्यालयहरुबाट समान्य राजस्व उठ्ने गरेको सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रण…

Read More

बझाङ: बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन् । बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन् ।

Read More