Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत फेला परेका हुन् । मन्दिरको धुनिघरको पछाडीपट्टीको धारामा सोमबार उनको शव फेला परेको बताइएको छ ।

Read More

मान्म: धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् । हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । “बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उनले भने “बडीमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडीमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने…

Read More

भजनी: रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन । गत आवमा कार्यक्रमका लागि चालुतर्फ रु १९ करोड ७६ लाख बजेटमध्ये रु नौ करोड २६ लाख ४४ हजार अर्थात् ४६ दशमलव ८८ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । त्यस्तै पुँजीगततर्फ रु ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले रु ३० लाख ८१ हजार अर्थात् ४४ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको देखिएको छ । चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५०…

Read More

कञ्चनपुर: कञ्चनपुरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाकोे बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। अत्यधिक ज्वरो आएपछि उयपचारका लागि धनगढी लगिएका उनको गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए ।

Read More

धनगढी: धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियापछि ज्यान गुमाएका कञ्चनपुरको बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको शव बुझिएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार अबेर राति क्षतिपूर्ति वापत २२ लाख रुपैयाँ दिने र डाक्टरलाई कारवाहीका लागि सिफारिस गर्ने सहमतीपछि चौधरीको शव बुझिएको हो । बाँया मृर्गौलाको पत्थरीको शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुुँदा डाक्टरले मृर्गौला झिकेपछि चौधरीको मृत्यु भएपछि क्षतिपूूर्ति र कारवाहीको माग गर्दै आफन्त आन्दोलित भएका थिए । उनीहरुले क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने अडान राखेपछि सहमती हुन सकेको थिएन तर सोमबार राति २२ लाखमा कुरा मिलेको अस्पताल स्रोतले जनाएको छ । ‘उहाँहरुले एक करोड रुपैयाँ माग…

Read More

टीकापुर: कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्याएको बताए । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उनले भने, “धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।” छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताए । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे”, उनले…

Read More

धनगढीः सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १० बजेदेखि बन्द हुने भएको छ । आज बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो । कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि ६ घण्टा यातायात बन्द गर्न लागिएको बताइएको छ ।

Read More

धनगढी: कैलालीस्थित अत्तरियाका युवाद्वारा पहिरो पीडितलाई सहयोग तथा राहत प्रदान गरिएको छ। हिजो (सोमबार) गोदावरी नगरपालिकास्थित वडानम्बर-४ हनुमान मन्दिर नजिकैको जंगलमा बसिरहेका पीडितहरुलाई सहयोग प्रदान गरिएको हो। ८ घरपरिवारलाई सहयोगस्वरुप खाद्यान्नसहितका सामग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको युवा उत्तम महराले जानकारी दिए। उनका अनुसार हालै आएको पहिरोका कारण गोदावरीकै भ्यागुत्तेपानीबाट विस्थापित भएका परिवारहरु जंगलमा बसिरहेका छन्। यस्तै अर्का युवा बिराज बिष्टले पनि आफूहरुले सहयोग उठाएर, जुटाएर सहयोग गरिएको बताए। यसपछि चुरेमा पनि सहयोग प्रदान गर्ने योजना रहेको उनले बताए। तर स्थानीय तथा प्रदेश सरकारले भने पीडितलाई बेवास्ता गरेको उनको आरोप छ। पीडितहरुको दीर्घकालीन समाधान तथा व्यवस्थापन खोज्नुपर्नेमा सरकारले उनीहरूलाई राहतसमेत नदिएपछि आफूहरु…

Read More

धनगढी: बझाङमा गत मङ्गलबार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्। श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए। मोबाइल चोरी, चक्कु प्रहार ४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र…

Read More

धनगढीः धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवाद भएकोमा सहमति गरिएको छ। हिजै अस्पताल र मृतकका आफन्तबीच सहमति भएको हो। उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ। उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो। उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका थिए।…

Read More