Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठक आज (शनिबार) काठमाडौंमा बस्ने भएको छ। दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ। बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ। केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन ।’ साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ रु भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ…

Read More

काठमाडौं – सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान…

Read More

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् । मोटरसाइकल इच्छाकानमा गाउँपालिका वडा नम्बर २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा…

Read More

काठमाडौं – चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भन्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६-७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो । पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ । वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले…

Read More

काठमाडौं- कोकाकोला कम्पनीविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ। साढे सात अर्ब रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेका अनुसार कोकाकोलाको स्वामित्व खरिद बिक्री गर्दा कर छली भएको हो। पाण्डेद्धारा जारी विज्ञप्तिमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दायर गरेको उल्लेख छ। नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला एसियाको साबको शतप्रतिशत सेयर २०७७ फागुन ७ गते कोकाकोला साबको आयरल्यान्डस्थित…

Read More

एजेन्सी – बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ । ‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज…

Read More

काठमाडौं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा हो भने । नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताउनुभयो । सन् २००८ मा नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५००…

Read More

अमेरिका – अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन्। उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने चेतावनी दिए। युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ। यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ। उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्। रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरूको भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै…

Read More

काठमाडौं -भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। नेपाली टोलीकी कप्तान प्रीति राईले आफूहरू उपाधि उचाल्ने लक्ष्यसहित भारतमा जान लागेको बताएकी छन्। शुक्रवार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गरेको बिदाइ कार्यक्रममा कप्तान राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन्। नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन्। लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा…

Read More