Author: महेन्द्रनगर पोष्ट

जनकपुरधाम : जनकपुर रेल्वे स्टेशनमा एक महिला लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो । रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ । जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् । उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको…

Read More

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली ६ दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेको हो। दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन्। ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सुदृढ पार्ने कुरा हो,’ उनले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ। चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र…

Read More

धनगढीः कैलालीमा दुई महिला भन्सार छलिका सामानसहित पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ घलेचोकबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ३१ हजार पाँच सय ३३ मुल्य बराबरको झ्यालको पर्दा, हेडफोन, मिनि स्पिकर, लेडिज सुट लगायतका सामानसहित धनगढीउपमहानगरपालिका–७ कि ३५ वर्षीया विन्द्रा राना र सोही ठाउँकी ३८ वर्षीया सुवर्णा रानालाई प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको हो। सामान सहित उनीहरुलाई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ। यस्तै धनगढी उप–महानगरपालिका–३ बाट अबैध रुपमा भन्सार छलि अन्दाजी ४८ हजार ९ सय मुल्य बराबरको सुर्ती, प्लाष्टिक झिल्ली, चिनी, पास्ता, नरिवल, बिष्कुट, मिठाई लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।

Read More

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् । संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसङ्घको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए । चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान…

Read More

काठमाडैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी र वडा अध्यक्ष लगायत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत् प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, इन्जिनियर र वडा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खतिवडा, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष दामोदर…

Read More

काठमाडौँ : एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । प्रहरी स्रोतका अनुसार आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

Read More

रुपन्देही: बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् । यस्तै पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ । आज दिउँसो…

Read More

ढोरपाटन: समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेको छ टाकुरा । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केहीमाथि यो टाकुरा पर्छ । टाकुरा उच्च पहाडको शिरमा समथर भू–भागमा फैलिएको छ । तलपट्टी गाउँबस्ती छन्, त्यसभन्दा माथि बस्ती छैन । पर्यटकीयस्थल नरसिंहकोटको सामिप्यतामा रहेको टाकुरा यसकारण पनि पछिल्लो समय एक आकर्षक गन्तव्य बन्दै गएको छ । जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगामन…

Read More

अछाम: अछाममा मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्ची सालघारीस्थित विनायक बजारबाट बेलखेत शव बोकेर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्याक्टर घुम्तिमा मोड्ने क्रममा पल्टिएको हो । दुर्घटनामा पञ्चदेवल विनायक-६ का अन्दाजी २३ वर्षीय दीर्घ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यस्तै, पञ्चदेवल विनायक-२ का १२ वर्षीय दमन विक, अन्दाजी ४० वर्षीय सेरे विक, पञ्चदेवल विनायक-६ का १५ वर्षीय लोकेन्द्र विक, कमलबजार नगरपालिका-५ का २२ वर्षीय प्रकाश विक, कमलबजार-३ का १८ वर्षीय तप विक, कमलबजार-२ का १५ वर्षीय रमेश विक,…

Read More

बैतडी: सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८/७९ भन्दा आव २०७९/८० मा आधाभन्दा कम दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९/८० मा यहाँ…

Read More