काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनसँग इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट संवाद गरेका छन् ।
संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई स्वागत गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको सचिवालयको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसङ्घको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम गएका थिए । चिनियाँ नेता युआन जियाजुन भने आइतबार बिहान काठमाडौँ आएका हुन् ।
Facebook Comments Box