धनगढी: हिजो कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो। होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो। प्रहरीकाअनुुुसार पक्राउ परेका मध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौका वडाध्यक्ष रहेको खुलेको छ। यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ७ सय मिलिग्राम लागुऔषधसहित धनगढी–८ का २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीचौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुकोसाथबाट लागुऔषध फेला पारी मंगलवार पक्राउ गरेको जनाएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका–१ धनगढी रोड सब्जीमण्डीबाट सोही ठाँउका २३ वर्षीय तेज साँउदलाई मंगलवार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४ सय मिलिग्राम लागुऔषधसहित फेला पारी साँउदलाइ पक्राउ गरेको बतएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: ५० जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरिएको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो। हेर्नुहोस् सूची:
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको हो। जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि भएको छ भने डिजेलका साथै मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढेको छ। निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ। निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ। निगमले भारतबाट मूल्य…
दार्चुला: सोमबार राति ठूलो पहिरो खस्दा दार्चुलाको मार्मा र अपी हिमाल जोड्ने सडक अवरुद्ध भएको छ। बिटुले–पारिबगर सडकको मार्मा गाउँपालिका–३ नलबगरमा पहिरो गएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको हो। डोजर प्रयोग गरेर सडकमा थुप्रिएको ढुंगामाटो हटाउने प्रयास भइरहेको भएपनि फेरि पहिरो जान थालेपछि सडक खोल्न नसकिएको स्थानीयले बताएका छन् सडकमा पैदल हिँड्न समेत बाटो खुलेको छैन। बाटो नहुँदा स्थानीय वासिन्दाले चमेलिया नदी तरेर मार्मा गाउँपालिका–६ शेरी हुँदै लामो बाटो हिंड्नु परेको बताइएको छ।
धनगढीः कैलालीको टिकापुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए। घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बैतडी: बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै वर्षपछि बजारमा आएको छ। सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र फलेको स्याउ विक्रि गर्नका लागि बजारमा आएको हो। लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए। स्याउ फल्ने सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो। तर, पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए। सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको भट्टले बताए। जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि…
काठमाडौं: सम्पदा जोगाउने कर्म र दानधर्ममा विश्वास राख्नेहरुले १३ सय वर्षभन्दा पुरानो मानिने ललितपुर बुङमतीको कार्यविनायकमा सुनको छाना र गजुरका लागि सहयोग गरेका छन्। सुनको छाना र गजुरका लागि १ सय ८ तोला सुन र अन्य सरसहयोगमा मन्दिरको स्वरुप फेरिएको हो। जसमा समाजसेवामा समेत सक्रिय गायक तथा संगीतकार योगेश्वर अमात्यले सुनको छाना र गजुरका लागि आवश्यक सुन बराबरको रकम सहयोग गरेका छन्। काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रूपैयाँ बराबर हुन्छ। ‘हामीले कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरेका थियौँ। योगेश्वर अमात्य दाइले…
धनगढीः कञ्चनपुरस्थित गड्डाचौकीबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रहरी टोलीले जनकबहादुर कार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० का कार्कीलाई नौ दशमलव १७ ग्राम चरेससहित पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम…