दार्चुला: सोमबार राति ठूलो पहिरो खस्दा दार्चुलाको मार्मा र अपी हिमाल जोड्ने सडक अवरुद्ध भएको छ। बिटुले–पारिबगर सडकको मार्मा गाउँपालिका–३ नलबगरमा पहिरो गएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको हो।
डोजर प्रयोग गरेर सडकमा थुप्रिएको ढुंगामाटो हटाउने प्रयास भइरहेको भएपनि फेरि पहिरो जान थालेपछि सडक खोल्न नसकिएको स्थानीयले बताएका छन्
सडकमा पैदल हिँड्न समेत बाटो खुलेको छैन। बाटो नहुँदा स्थानीय वासिन्दाले चमेलिया नदी तरेर मार्मा गाउँपालिका–६ शेरी हुँदै लामो बाटो हिंड्नु परेको बताइएको छ।
Facebook Comments Box