धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१४ बाट ८९० मिलिग्राम लागुऔषधसहित धनगढी–७ का २१ वर्षीय रबि राना र ३४० मिलीग्राम लागुऔषधसहित धनगढी–१७ का १८ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्ध प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुरः कञ्चनपुरमा ४ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार मृत्यु भएको हो। खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डडेल्धुराः स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसले अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ। बिहीबार एक कार्यक्रमकाबीच स्ववियुले अभिमुखिकरण कार्यक्रम गरेको हो। क्याम्समा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको स्ववियू सभापति दुर्गा भट्टले जानकारी दिए। दुई दिनसम्म हुने कार्यक्रममा क्याम्पसकै प्रध्यापकहरूले विद्यार्थीलाई अभिमुखिकरण गरिरहेका छन्। उनका अनुसार यस कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्ने छ।
दार्चुला: दार्चुलामा एक वर्षको अवधिमा २७ जनाले आत्महत्या गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९-८० मा २७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डीएसपी तर्कराज पाण्डेयका अनुसार गत आर्थिक वर्षमा २४ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरी आत्महत्या गरेका छन्। दार्चुला प्रहरीले पाँच जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय भई फरार रहेका विभिन्न मुद्दाका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी तर्कराज पाण्डेयले बताए। उनका अनुसार लागुऔषध चरेसका २ जना, जवरजस्ती…
बझाङ: राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ। पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै खड्काले अपहरण गरेको र होटल होलि डे इनमा लगेर कुटपिट गरेको आरोप लागेको थियो। खड्का उक्त होटलका सञ्चालक हुन्।
कैलाली: कैलालीको धनगढीमा अटो चलाउने कञ्चनपुरका एक व्यक्ति अवैध काठसहित पक्राउ परेका छन्। बिहीबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका १९ वर्षीय सुरेश मल्ल से१स ३६६० नम्बरको आफ्नो अटोमा काठ बोकेर जाँदै गर्दा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। मल्ललाई प्रहरीले धनगढी उपमहानगरपालिका–३ क्रेशर ग्राउण्डबाट पाँच फिट लम्बाईका १९ थान सालको कडीसहित पक्राउ गरिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले वरामद काठ, अटो र चालकलाई कारबाहीका लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको छ।
धनगढी: कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाखसहितकाे झोला हराएको छ। बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका-३ का बिरा भारतीले झाेला हराएको दाबी गरेका छन्। भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएकाे झाेला भेटिएकाे छैन। इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएकाे भनिएकाे झाेला फेला नपरेकाे बताए। भट्टकाअनुसार सीसीटीभी फुटेजकाे विश्लेषणबाट समेत कुनै कुरा पत्ता लागेकाे छैन। भारतीय मजदुरहरूकाे ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए। उनले बुधबार मात्र धनगढीकाे सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५…
काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा…
कैलाली: प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए। परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन्। को हुन् श्रेष्ठ ? ३१ औं प्रधानन्यायाधीशका रुपमा नाम सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन्। ‘क्याडर जज’ रहेका श्रेष्ठलाई न्याय सेवाको लामो अनुभव रहेको छ। डोटी जन्मस्थान भई कैलालीको धनगढीमा स्थायी बसोबास गर्ने श्रेष्ठ पछिल्लो समय कुलेश्वरमा बस्दै आएका छन्। कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ २०३८…
कैलालीः कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।