Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका सई बद्रि नारायण माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार उनलाई वरिष्ठ सईमा बढुवा सिफारिस गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी नेपाल प्रहरी अस्पताल रेडियोलो टेक्नोलोजी शाखा महाराजगंज काठमाडौंमा कार्यरत छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीका एसएसपीसहित १० ‘सिनियर’ प्रहरी अधिकृत कारबाहीमा परेका छन् । प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार एक वर्षमा एकजना एसएसपी, एक एसपी, दुई डीएसपी र ६ प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् । अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् । प्रहरी कर्मचारीविरुद्ध गएको आर्थिक वर्षमा ६७० उजुरी परेका थिए । उजुरी आएका प्रहरी अधिकारीमाथि छानबिन गरेर विभागीय कारबाही भएको डीआईजी कार्कीले जानकारी दिए ।

Read More

काठमाडौँ : ट्राफिक प्रहरीले एक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख राजस्व उठाएको छ । प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार २०८० साउनपछिको एक वर्षमा ट्राफिक जरिवानाबाट १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले १ अर्ब ८८ करोड १४ लाख सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा ट्राफिक जरिवाना बापत सङ्कलन गरिने राजस्व रकम घटेको छ । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौं : बंगलादेशमा जेठबाट जारी भएको आरक्षण (कोटा) विरोधी आन्दोलनमा १५० हाराहारीको मृत्यु भएसँगै बंगलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको छ । अब सरकारी जागिरमा ९३ प्रतिशत भर्ना योग्यता र प्रतिस्पर्धाको आधारमा हुने आदेश भएको छ । बंगलादेशमा यस अगाडि ५६ प्रतिशत कोटा प्रणालीबाट जागिरमा भर्ना हुने प्रचलन थियो । त्यसैको विरोधमा आन्दोलन सुरु भएको थियो । बंगलादेशको उच्च अदालतले जुन ५ मा सरकारले गरेको कोटा खारेजी गैरकानूनी भनेसँगै आन्दोलन चर्किएको थियो । सन् २०१८ मा कोटा विरोधी आन्दोलन भएसँगै बंगलादेश सरकारले कोटा खारेज गरेको थियो । सरकारले खारेज गरेको कोटा अदालतले ब्यूँताएपछि पुनः आन्दोलन भएको हो । आन्दोलनले…

Read More

काठमाडौँ : लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन । उनिहरुले विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौं ।’ भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको बताए । सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने प्रधानमन्त्री ओलीको भनाई…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता हटाउन संविधानमा संशोधन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि भामा विश्वासको मत माग्ने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गरे। विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने,‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन ।’ संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । प्रधानमन्त्री…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अहिले बैठक चलिरहेको छ।

Read More

काठमाडौं : नारागणगढ-मुग्लिन सडकको सिमलताल पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता दुईवटा बस र तिनमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ। भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। गत असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोसँग त्रिशूलीमा बगेका थिए। दुई बसमा गरी ६५ यात्रुमध्ये तीनजना मात्र बाँच्न सफल भए भने ६२ जना बेपत्ता भएका थिए। आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ। अझै…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस ८८, एमाले ७९, जसपा ७ र लोसपा ४ सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उनको विपक्षमा…

Read More