Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नव निर्मित नेपाल प्रहरीको प्रदेश मुुख्यालय परिसरमा ८ वटा भवन निर्माण गरिएको छ । सुदूरपश्चिसम प्रदेश सरकारको २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको भवनको सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । निर्माण गरिएको ८ ओटा भवन अन्तर्गत एउटा कार्यालय भवन, ४ वटा निवास भवन, २ वटा ब्यारेक र एक मेस भवन रहेका छन् । नव निर्मित कार्यालय भवनको भुई तलामा प्रहरी वरिष्ठ उपरीक्षक कक्ष, मानवस्रोत तथा व्यवस्थापन शाखा, कर्मचारी प्रशासन शाखा, तालिम शाखा, प्रवन्ध तथा भण्डार शाखा, प्रशासन शाखा, कल्याण तथा बजेट शाखा, कार्यदल…

Read More

धनगडी : कैलालीको फल्टुडेमा कुखुराका चल्ला र दाना बोकेको गाडी (बोलेरो जीप) दुर्घटनामा परेको छ । धनगढीबाट दिपायल–सिलगढी नगरपालिकाको पिपल्ला जाँदै गरेको से १ प ६१५६७ नम्बरको जिप फल्टुडेमा दुर्घटना भएको हो । कालासैन सप्लायर्सको दाना र चल्ला बोकेको जीप दुर्घटनामा परेको सप्लायर्सका सञ्चालक वीरेन्द्र पार्कीले बताए । उनका अनुसार जीप दुर्घटना हुँदा दुई हजार चल्ला मरेका छन् भने दाना काम नलाग्ने भएको छ । चल्ला र दानासहित करिब तीन लाखसम्मको नोक्सान भएको उनले बताए । चालक शिरिष खड्का भने नालीमा खसेको जीप छोडेर बेपत्ता भएका छन् ।

Read More

धनगढी: धनगढी स्थायी घर भएका शम्सेर कुँवर अछाममा मृत भेटिएका छन्। हिजो (आइतबार) २६ वर्षीय शम्सेर साँफे नगरपालिकाको वडा नम्बर ३ स्थित आफ्नै कोठामा मृत फेला परेका हुन्। अछाम प्रहरी स्रोतका अनुसार उनी त्यहाँ आफ्ना काकासँग कोठा (भाडा) मा बस्दै आएका थिए। उनी कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै प्रारम्भिक प्रहरी अनुसन्धानबाट उनले प्रेमिकाका कारण देहत्याग गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको जनाउँदै देहत्याग गर्नुअघि उनले साथीलाई जानकारी दिएको समेत खुलेको छ। पछि साथीले कोठामा जाने क्रममा मृत भेटिएका थिए।

Read More

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले रुसी सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताएका छन्। सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताएका छन्। यो विषय संघिय संसदमा पनि उठेको थियो। मन्त्री साउँदले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताएका छन्। ‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौं। यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन्। एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। ‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’ छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शी रूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले…

Read More

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव राउतलाई जिल्ला अदालत काठमाडौँले सोमबार थुनामा राख्न अनुमति दिएको हो । राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । ०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए । त्यति वेला बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारको नाममा ललिता निवास परिसरको जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन् ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल प्रहरीलाई सुविधासम्पन्न एवं प्रविधियुक्त बनाई प्रहरी सेवालाई थप चुस्त एवं दुरुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित प्रदेश प्रहरी कार्यालयको मुख्य भवनसहितका संरचनाको आज उद्घाटन गर्दै उनले प्रहरीको क्षमता विकास गर्ने लगायतका काममा सरकार तत्पर रहेको बताए । प्रदेश प्रहरी कार्यालय धनगढीको परिसरमा प्रदेश सरकारको रु २३ करोड ८६ लाख ९४ हजार चारसय २१ को लागतमा मुख्य कार्यालयसहितका आठ वटा भवन संरचनाको निर्माण पूरा भएको छ । भूकम्प प्रतिरोधी यी संरचनाको कुमार रोयल जेभी निर्माण कम्पनीले तोकिएको समयभन्दा पाँच महिनाअघि नै निर्माण पूरा…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार…

Read More

धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफलका लागि ३ दललाई बोलाएका छन् । सोमबार बसेको तीन दलका संसदीय दलको संयुक्त बैठकले बजेट संशोधन नभएमा पारित गर्न नसकिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता र प्रमुुख सचेतकलाई मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएका हुन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक मानबहादुर धामीले मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएपछि मुख्यमन्त्री कार्यालय पुगेको पुष्टि गरे । उनकाअनुसार अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका नेता र प्रमुख सचेतकबीच मुख्यमनत्रीले छलफल गरिरहेका छन् । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले प्रदेशसभामा २९…

Read More

डडेल्धुरा: बैतडीको मेलौलीमा भएको बस दुर्घटनाका ४१ जना घाइतेलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको छ। मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताए। ४१ मध्ये हालसम्म २० जना डडेल्धुरा अस्पताल पुगिसकेका छन्। उनीहरुको उपचार सुरु भएको अस्पतालले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यी हुन् २० घाइते थप २१ जना भने पुग्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहरप्रसाद भट्टले बताए। पञ्चेश्वरबाट महेन्द्रनगर आउदै…

Read More