धनगढी : कैलालीमा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । धगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीकाअनुसार सबै संक्रमित भारतबाट आएका रहेका छन् । यस्तै कञ्चनपुरको पुनर्वासका २ जना र दार्चुलाका एक जना डेंगु संक्रमित पनि धनगढीमा उपचार गरेर फर्किएका प्रमुख धामीले बताए । स्वास्थ्य कार्यालय कैलालीले डेंगुको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ ।
प्रमुख धामीले जिल्लाका १३ वटै स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामुलक सन्देश प्रवाह गर्ने काम गदै लार्भा नष्ट गरिरहेको बताए ।
Facebook Comments Box