Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हास्मीबीच भेटवार्ता भएको छ । आज जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो । सो क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Read More

धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको धनगढी उपमहानगरपालिकाको संयोजकमा सन्तोष भट्ट चयन भएका छन्। आज (बुधबार) उपमहानगर कमिटीको बैठकले भट्टलाई संयोजक तोकेको हो। यस्तै, बैठकले विप्लव राना र हेमन्त महरालाई सह-संयोजक तोकेको छ।

Read More

बेनी: बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए । सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए । उनका अनुसार अन्य बचतकर्ताले पनि जाहेरी दिने क्रम बढेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको…

Read More

काठमाडौँ: गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतलाई काठमाडौँको सीडीओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई यो जिम्मेवारी दिएको हो । आठ वर्ष सहसचिव भएका बस्नेत विगतमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, गोरखा, चितवन, पर्सामा सीडीओका रूपमा काम गरिसकेका छन् । यस्तै, उनले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसकेका छन् ।

Read More

बाजुरा: घरबाट भागेका बाजुराका दुई किशोरलाई प्रहरीले फेला पारेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ पिपल गाउँका १३ वर्षीय सुमिर सुनार र १४ वर्षीय भगत कुमाललाई प्रहरीले सकुशल फेला पारेको हो । उनीहरुलाई घरबाट भागेर भारत जाने क्रममा जिल्ला प्रहरी कार्यलय अछाम मातहतको प्रहरी चौकी मंगलसेनको गस्ति टोलीले भेट्टाएको हो । दुबै जनालाई उनीहरुका आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यही असार ९ गते घरबाट भागेका उनीहरु हिजो १९ गते मंगलवार भेटिएका हुन् ।

Read More

झापा: गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । घटनामा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम घाइते भएका छन् । घाइतेलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको उनले जानकारी दिए । रासस

Read More

काठमाडौँ: भारतमा एक युवकको टाउकोमा पिसाब गर्ने पूर्वसांसदका प्रतिनिधि पक्राउ परेका छन् । मध्य प्रदेशको सीधी जिल्लामा एक युवकमाथि पिसाब गर्ने पूर्व विधायक प्रतिनिधि प्रवेश शुक्लालाई मंगलवार राति भारतीय प्रहरीले पक्राउ गरेको हो । उनले एक युवकको टाउकोमा पिसाब गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा भाइरल भिडिओमा चुरोट पिउने क्रममा उनले अर्को व्यक्तिको टाउकोमा पिसाब गरिरहेको देखिन्छ । पिसाब फेर्ने शुक्ला भारतीय जनता पार्टी (भाजपा)का नेता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी बीजेपी सांसद केदारनाथ शुक्लाका प्रतिनिधि भएको समाचारमा उल्लेख छ । तर, विधायकले भने उक्त कुरा इन्कार गर्दै आएका छन् ।

Read More

कैलाली: जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा कैलालीका आयोजित ‘५ किमी रोड रेस’ प्रतियोगिताको उपाधि निपूर्ण चन्द र नेहा खड्काले पाएका छन् । बुधबार नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय रोड रेसमा छात्र तर्फ वैद्यनाथ मावि जडेपानी कञ्चनपुर र छात्रा तर्फ धनगढी नमुना मावि कैलालीकी नेहा खड्का प्रथम भएकी हुन् । त्यस्तै परुष तर्फ द्वितीय वैद्यनाथ मावि जडेपानी कञ्चनपुरका विनोद सिंह र तृतीय शारदा मावि धनगढी कैलालीका आयुस मल्ल भए । चौथो स्थान शारदा माबिकै मुकेश सिंहले प्राप्त गरेका थिए भने पाँचौँ र छैटौँ त्रिभुवन मावि बोराडाडीका सागर अवस्थी सिद्धनाथ माबिका अस्मित कुमार…

Read More

दार्चुला: दार्चुलाका स्थानीय व्यवसायीको डेलिगेशन फेरि काठमाडौँ पुगेको छ । नेपाल र चीन जोड्ने टिंकर नाका खोल्न माग गर्दै व्यास क्षेत्रका आधा दर्जन व्यवसायी दोस्रोपटक राजधानी पुगेका हुन् । चार दशकभन्दा बढी समयदेखि व्यापार गर्दै आएका दीपकसिंह बोहराको नेतृत्वमा ७ जनाको टोली काठमाडौँ आइपुगेको हो । दुई महिनाअघि व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र सचिव, वाणिज्य सचिवसहित राजनीतिक र प्रशासनिक नेतृत्वसँग भेटघाट गरी नाका खोल्न माग गरेको थियो । दुई महिनासम्म पनि कुनै सुरसार नभएपछि उनीहरु फेरि काठमाडौँ आउन बाध्य भएका हुन् । सोमबार मात्रै नेता दिलेन्द्रप्रसाद बडूसहित व्यवसायीहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेको छ…

Read More

कैलाली: कैलालीको गौरीगंगा नगरपालिका-९ की तारादेवी ओली हराएकी छिन् । उनी यही असार १८ गतेबाट हराएकी हुन् । उनको पारिवारिक स्रोतका अनुसार मसुरीया बजारबाट गोदावरी जाँदै गर्दा उनी सम्पर्कविहीन भएकी हुन् । उनलाई कहीँ कतै कसैले देखे ९८६५६५०१२८ वा ९८४२१६४२९९ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ ।

Read More