Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका ३ मा डिप ट्युवेल उद्घाटन गरिएको छ । उक्त वडाको राधाकृष्ण डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले सिँचाइ बोरिङको उद्घाटन गरेका हुन् । सो ट्युवेलबाट ६० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने र दुई सय परिवार लाभान्वित हुने बताइएको छ ।

Read More

धनगढीः कैलालीमा अवैध काठसहित प्रहरीले दुई जना युवकलाई समातेको छ । प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१२ कोलमुडाबाट गोदावरी–११ का २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैला पक्राउ परेका हुन् । अस्थायी प्रहरी पोष्ट ओलानीले साउँदले चलाएको लु४त ४७६६ नम्बरको ट्याक्टरमा सालको ७ फिट लम्बाइका ४८ ओटा फ्रेम र सोही लम्बाइका १८ ओटा कडी फेला पारी नियन्त्रणमा लिएको छ । ट्याक्टरसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । यो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । वेष्ट इन्डिजले पहिला ब्याटिङ गर्नेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकलसहित अवैध बोइलर कुखुरा बरामद गरिएको छ । बिहीवार बेल्डाँडी गाउँपालिका–४ बैबाहमा भन्सार छलीका ६५ किलोग्राम बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको हो । प्रहरीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको छ ।

Read More

धनगढीः आज बिहान दार्चुलामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–९ थाप्लाकी २८ वर्षीया कौशादेवी धामीको घरमा चट्याङ पर्दा उनी घाइते भएकी हुन् । प्रहरीका अनुसार उनको थाप्ला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । साथै धामीको गोठभित्र रहेको एक भैँसी चट्याङ लागेर मरेको बताइएको छ । त्यस्तै, गएराति बैतडीको पुर्चौँडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ परेको प्रहरीले बताएको छ । उनको गोठमा बाँधेका २ ओटा भैँसी र एउटा बाख्रा मरेका छन् । चट्याङबाट दुई ओटा मोबाइल, विद्युतको मिटर बक्स र सम्पूर्ण घरको वाइरिङ तार जली नष्ट भएको बैतडी प्रहरीले जनाएको छ…

Read More

धनगढीः धनगढीमा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश बुद्धिचाल संघको आयोजनामा असार ९ देखि १३ गतेसम्म ’मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर चेस प्रतियोगिता’ हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको हो । संघका अध्यक्ष भीमदत्त पाण्डेयले खुल्लातर्फ प्रथम हुनेले ४० हजार पुरस्कार पाउनेछन् भने दोस्रोले २५, तेस्रोलाई १५, चौथोलाई १०, पाँचौँलाई ८, छैटौँ र सातौँलाई ६ हजार पुरस्कार दिइनेछ । आठौँदेखि दशौँसम्मका सबै खेलाडीलाई ५ हजारका दरले पुरस्कार दिइनेछ । महिलातर्फ प्रथम हुनेले २० हजार पुरस्कार पाउनेछन् भने दास्रोले १५ र तेस्रोले १० हजार पुरस्कार पाउनेछन् । सुदूरपश्चिम (क) तर्फ प्रथम हुनेलाई पाँच हजार पुरस्कार दिइनेछ । द्वितीयलाई चार र तृतीयलाई…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अञ्जली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्। रौतहट घर भएकी अञ्जली बिहान आफ्नै माइती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए । संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । दिवसका अवसरमा आज विभिन्न राजनीतिक दल तथा पदाधिकारीसँगको छलफलको कार्यक्रमसमेत रहेको उनले बताए । रासस

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका २ थलाल गाउँमा कुनै पनि नेटवर्क टिप्दैन थियो। नेटवर्क नै नटिप्ने भएपछि गाउँवासी इन्टरनेटको पहुँच बाहिर थिए। उनीहरुले आफ्नो गाउँमा इन्टरनेट त्यो पनि फाइबरनेट भनेर सायद कल्पना पनि गरेका थिएनन्। तर, उनीहरूको अत्याधुनिक स्पीडसहितको इन्टरनेट चलाउने सपना पूरा भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अप्टिकल फाइबरमार्फत थलाल गाउँवासीको सपना पूरा गरिदिएको हो। देहीमाण्डौं बजारबाट २ किलोमिटर दुरीमा रहेको गाउँमा थलाल गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको बैतडीसहित ३ जिल्ला हेर्ने भायानेटका ब्रान्च म्यानेजर सजन सिंह ठकुरीले बताए। उनले स्थानीयहरुको आग्रहमा गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको उनले बताए। इन्टरनेट विस्तार गर्न आफ्नो टिम गाउँमा पुग्दा…

Read More

काठमाडौँ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खामा एउटा अनौठो ढुङ्गा फेला परेको छ। ढुङ्गा याम्खा प्रहरी चौकीले नियन्त्रणमा लिएर जिल्ला ल्याएको छ। बुधवार दिउँसो ३ः३० बजे १३–१४ पटक विष्फोटक पदार्थ झैँ पड्किएको आवाजले मानिसहरु घर छोडेर भागेको थिए। त्यसलगत्तै उक्त ढुंगा सो स्थानमा फेला परेको थियो। त्यसमा कुनै अनुसन्धान भने भएको छैन। उक्त ढुङ्गा चट्याङ परेर ठोक्किएको हुनसक्ने अड्कलसहित केही अनुसन्धान नगरी राखिएको प्रहरीले जनाएको छ।  यो ढुङ्गा भेटिएपछि भने सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भएका थिए। यसलाई कसैले कालो मुस्लोसहित आगोको झिल्का देखिएको भनेका छन्।

Read More