Author: महेन्द्रनगर पोष्ट

झापा: झापाको मेचीनगर सीमाक्षेत्रमा भएको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीबीचको झडप घटनाबारे सशस्त्र प्रहरी बल मुख्यालयले छानबिन समिति बनाएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको अध्यक्षतामा मुख्यालयले छानबिन समिति बनाएको हो । झापा मेचीनगर-४ स्थित नेपाल भारत सीमा नकलबन्दामा मंगलवार राति ड्युटीमा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीलाई सादा पोशाकमा खटिएका प्रहरी निरीक्षकसहितको टोलीले कुटपिट गरेको थियो । सो घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बनको प्रक्रिया अघि बढाइएको मुख्यालयले जनाएको छ । राई नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोशाकमा खटिएको खुलेको छ । राईले ड्युटी राम्रो नगरेको भन्दै…

Read More

काडमाडौँ: वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् । जसमा हास्यकलाकार ’बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, ’म्याकुरी’ पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ’जलन’, गणेश देवकोटा (जिडी), सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली छन् । उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो…

Read More

डडेल्धुराः डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ का ७२ वर्षीय गम्भीर लुहार मृत फेला परेका हुन् । उनी गन्यापधुरा–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौ: प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको छ । अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो ।’

Read More

काठमाडौँ: बिहीवार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

गोरखा: गोरखाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया पुतली सर्किनीको मृत्यु भएको हो । बससहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

धनगढी: धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका-४ डिके आयल नजिक पावर टिलरले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार धनगढी-४ का ४९ वर्षीय केदारनाथ डगौराले चलाएको पावर टिलरले धनगढी-७ मनहेराकी ३५ वर्षीया रमा जोशीले चलाएको से७प ५५९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक जोशी घाइते भएकी र उनको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पावर टिलरसहित चालक डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कैलाली: कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ । रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउछन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उनलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भने, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि…

Read More

काठमाडौं : नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

Read More