डोटी-डोटीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु एक गम्भीर घाइते ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ। जिल्लाको पुविचौकी गाउँपालिका वडा ७ पोखरी गजाडा मा ट्याक्टर दुर्घटना भएको छ।दुर्घटनामा परी ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका बासुदेव घर भएका ज्ञानेन्द्र चौधरीको मुत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रशासन कार्यलय डोटी ले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतीका आधारमा आवश्यकता र अवस्था हेरेर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । मंगलबार सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपश्चात कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यक्ता र अवस्थाका आधारमा आगामी स्थानीय तह निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय भएको बताए । उनका अनुसार यसअघि निर्वाचनका सवालमा पार्टी दुई भागमा विभाजित भएको भनिएपनि मंगलबारको बैठकले त्यो पूर्ण रुपमा चिरेको छ ।मंगलबारको बैठक जीवन्त भएको र सबैले निर्धक्कपूर्ण आफ्नो विचारहरु पेश गरेको उनले जानकारी दिए । यसैगरी नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित स्थानीय तह निर्वाचनका…
दार्चुला-दार्चुलामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो। यो उमेर समूहका बालालिका टाइफाइडबाट बढी प्रभावित भएकाले बालबालिकालाई लक्ष्य गरी नेपाल सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो। दार्चुलामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३७ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिनु भएको छ। उनका अनुसार उक्त उमेर समूहका बालबालिकाको सङ्ख्या दार्चुलामा ३७ हजार रहेको अनुमान गरिएको छ। यो अभियान देशव्यापीरूपमा चैत २५ देखि वैशाख १८ गतेसम्म चल्ने पनि बताइएको…
काठमाडौं – नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर निर्णय सुनाउने पार्टी केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए । रिजालका अनुसार बैठक आज सकिनेछ । गठबन्धनसहित चुनावमा जाने वा एक्लै भिड्ने भन्नेबारे एकमत नहुँदा निर्णय गर्न सकस हुने देखिएको छ । पार्टी सभापति, पार्टी पदाधिकारी र धेरैजसो केन्द्रीय सदस्य आवश्यकताको आधारमा चुनावी तालमेल…
चितवन – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।
चितवन – चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा साेमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन् । ‘भारतले प्रतियुनिट ३८ रुपैयाँमा दिने भनेको बिजुली पनि पर्याप्त नभएपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारिक रूपमा भने लोडसेडिङ घोषणा गरेको छैन । उद्योगमा कम्तीमा आठ घन्टासम्म बिजुली दिने योजना रहेको उनले…
काठमाडौं – नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुादे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको प्रयोग कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । त्यस्तै निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर…
भारत- भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । मंगलबार भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ८० पैसा र डिजेलको मूल्य ७० पैसा बढेको हो । हालसम्म पेट्रोल/ डिजेल प्रतिलिटर भारु ४.८० ले महँगो भएको छ। मूल्य बढेपछि दिल्लीमा पेट्रोलको मूल्य अहिले भारु ९९.४१ बाट बढेर १००.२१ प्रतिलिटर पुगेको छ भने डिजेलको मूल्य ९०.७७ प्रतिलिटरबाट बढेर ९१.४७ पुगेको छ। मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसा र ७५ पैसाले बढेको छ। यहाँ बढेको मूल्य अनुसार पेट्रोललाई प्रतिलिटर ११५.०४ र डिजेललाई प्रतिलिटर ९९.२५ तिर्नुपर्नेछ।
काठमाडौं । युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ। स्थानीय समय अनुसार बिहान १०.३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए। “मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्,” कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल…
झापा – केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो । झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ थियो । राष्ट्रिय जनगणना २०७८…