Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपाल प्रहरीले बिदा स्वीकृत नलिई लामो समयदेखि काममा नगएका डेढ दर्जन अधिकृतहरुको खोजी थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर रहेका १९ जना प्रहरी कर्मचारीको खोजविन सुरु गरेको हो । उनीहरुलाई बाटोको म्यादबाहेक आगामी सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । ‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसूरमा ऐ नियमावलीको नियम १०९ को देहाय (ख)(१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने’, सूचनामा उल्लेख छ ।…

Read More

कञ्चनपुरः बझाङका दुई युवक कञ्चनपुरमा लागुऔषधसहित समातिएका छन् । तलकोट गाउँपालिका–१ का २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ का राजकुमार रोकाया लागुऔषधसहित पक्राउ परेको प्रहरीले बताएको छ । उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट १९ ग्राम ९ सय मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु सवार सुदूरपश्चिम प्रदेश ०४००१ प ०१०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषध पाइएको बताइएको छ ।

Read More

धनगढीः बेहोस हुने औषधी खुवाएर लुटपाट गरेका कैलालीका एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय बसन्त दमाई पक्राउ परेका हुन् । कालिकोट नरहरी गाउँपालिका–९ का एक पीडितको एक लाख ४७ हजार भारतीय रुपैयाँ र एक थान मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधी खुवाएर पीडितबाट दमाईले नगद र मोबाइल लुटपाट गरेका थिए । उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बसपार्कबाट पक्राउ गरिरएको बताइएको छ ।

Read More

काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले निजी सुरक्षा गार्ड (पीएसओ)को सुविधा दिएको छ । उनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कलवापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गौरीशंकर चौधरीलाई खटाएको हो । प्रदेश मन्त्रीहरूले समेत पीएसओको रूपमा हवल्दार मात्रै पाउने व्यवस्था छ । तर, चौधरीलाई भने संघीय मन्त्रीसरह पीएसओको सुविधा दिइएको छ । चौधरीले भने आफूले पीएसओ लिएको बारे कुनै प्रतिक्रिया दिएनन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई आजीवन काराबासको सजाय सुनाइएका चौधरी १५ जेठमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि जेलबाट मुक्त भएका थिए ।

Read More

काठमाडौँ: भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कारबाट प्रहरीले पौने २ करोडको सुन बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा,रुपन्देही मातहतको बीओपी बयरघाटले हिजो राति लुम्बिनी साँस्कृतिक नगरपालिका १३ को कालीदहमा उक्त सुन फेला पारेको हो । कारभित्र दुई वटा ईंट आकारको सुन लुकाएको अवस्थामा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । कारमा चालक मात्र रहेको र सो सुनको अन्दाजी मूल्य एक करोड ८८ लाख २७ हजार हुन आउने बताइएको छ । राति नै उक्त सुन र १५ लाख मूल्य बराबरको कार भन्सार कार्यालयलाई बुझाइएको छ ।

Read More

कैलालीः कैलालीको धनगढीमा विद्यालय भर्ना भएका प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको सहकार्यमा एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले स्वास्थ्य तालिम केन्द्रमा विद्यालय भर्ना भएका १० जना बालबालिकाहरूलाई झोला, कापी, कलम, इरेजर, सिसा कलम, कलर पेन, स्केल, सामान्य ज्ञान, पानीको बोतल र ज्योमेट्री बक्सलगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको हो। कार्यक्रममा कुष्ठ प्रभावित व्यक्तिहरूको अधिकार तथा प्राप्त सेवाका बारेमा अभिमुखिकरण गरिनुका साथै प्रदेश स्तरीय कुष्ठरोग रोकथाम कार्यक्रमको समिक्षा पनि गरिएको थियो। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले प्रभावित बालबालिकाहरूलाई नियमित औषधीको सेवन गरि रोगमुक्त हुन तथा…

Read More

धनगढीः उपचारका लागि धनगढी आएका डोटीका एक शिक्षक सम्पर्कविहीन भएका छन् । आदर्श गाउँपालिका-४ स्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक पदम पछेरा धनगढीबाट सम्पर्क विहीन भएका हुन् । आफन्तका अनुसार उनी बिहिवारदेखि सम्पर्कमा छैनन् । उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ। उनलाई कसैले देखे वा भेटे ९७४४२८९७९२÷९८६७७३५४९१ मा सम्पर्क गरी खबर गर्न परिवारका सदस्यले आग्रह गरेका छन् ।

Read More

धनगढी: कैलालीमा सिकारीको पासोमा परी एक चित्तलसहित पाँच गाई मरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ६ स्थित दैद्धवारीमा पासोमा परेर एक चित्तल र पाँच गाई मरेका हुन् । शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेका डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डबल बोहराले बताए । नेपाल विद्युत प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जंगलमा सिकारीले पासो थापेका थिए । विद्युतीय धराप थापेर सिकार गर्ने को थिए भन्ने पत्ता लागेको छैन ।

Read More

धनगढीः कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। गोदावरी नगरपालिका-४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी निलम मृत फेला परेकी हुन्। शनिबार करिब ४ बजेको समयमा निलम आफै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए। निलम नेपालगन्जमा पढ्थिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

डडेल्धुरा: आम मानिसले बुझेको बिहेका लागि २ विपरीत लिंगको आवश्यकता हुन्छ। सामान्यतया उमेर पुगेका पुरुष र महिला धार्मिक तथा सामाजिक मान्यता अनुसार बन्धनमा बाधिनु नै विवाह हो भनेर बुझिन्छ। तर, के होला कुनै दिन महिलाको अस्तित्व नै यो संसारमा रहेन भने ? जब बिहे गर्न पुरुषलाई महिला नै पाइएन भने ? यस्तै एक प्रश्नले एक कार्यक्रमका सहभागीको मस्तिष्क हल्लिएको थियो। अस्ति डडेल्धुरामा आयोजित पत्रकारसँगको स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यो प्रश्न जब तेर्सियो सबै सहभागी नाजबाफ बने। कार्यक्रममा जिल्लामा भएका गर्भपतनको तथ्यांक देखाइएको थियो। यसो हेर्दा जिल्लामा गर्भपतन गर्नेको संख्या बढ्दै गइरहेको उक्त तथ्यांकबाट प्रष्ट भयो। स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष…

Read More