गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदी अरबले महिला नेतृत्व प्राप्त गर्ने भएको छ। संघको नवौं अधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियामा हालको वरिष्ठ उपाध्यक्ष रविना अर्यालको एकल उम्मेदवारी परेको छ।
अर्यालको एकल उम्मेदवारी परेसंगै आगामी अध्यक्षमा उनी निर्वाचित हुने निश्चित भएको छ। आगामी २८ जुलाई रियादमा हुन लागेको अधिवेशनबाट नयाँ नेतृत्वमा सर्वसम्मत चयन गर्न लागिएको छ।
वरिष्ठ उपाध्यक्षबाहेक कार्यसमितिको अन्य पदमा निर्विरोध नेतृत्व चयन हुने देखिएको छ। वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको र अन्य पद निर्विरोध हुने भएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा उमेश भट्टराई र विशालकुमार श्रेष्ठको उम्मेदवार परेको छ। वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन हुँदा अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध चयन हुनेछन्।
नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा चार उपाध्यक्ष पदमा राजकुमार गिरी, कृष्णकुमार श्रेष्ठ, मनिष कोईराला र हेम सुवेदीको उम्मेदवारी परेको छ।
यसैगरी महासचिवमा शुक्र तामाङ, सविचमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गाबहादुर काउचाले उम्मेदवारी दिएका छन्। चारै पदमा एकल उम्मेदवारी परेकाले सबै पद निर्विरोध हुने भएको छ। यस्तै युवा संयोजकमा बिष्णु रावल महिला संयोजकमा लक्ष्मि थापा मगरको उम्मेदवारी परेको छ।
कार्यसमितिको सदस्यमा पदमबहादुर महत, दीपक ढुंगाना, देवीबहादुर कार्की, युवराज पोखरेल, धर्मेन्द्र कार्की, अमृतबहादुर तामाङ र ओमप्रकाश काफ्लेको उम्मेदवारी परेको छ भने आइसीसी सदस्यमा रामबहादुर क्षेत्री र दीपक रेग्मीले उम्मेदवारी दिएका छन्।